21.8 C
Nepal
Saturday, February 14, 2026

अरुण भ्यालीले विद्युत नियमन आयोगबाट १००% हकप्रद निष्कासनको अनुमति पायो

spot_imgspot_imgspot_img

अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।

विद्युत नियमन आयोगले अरुण भ्यालीलाई चुक्तापुँजी १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो।

यसअघि गत साउन ७ गते कम्पनीको विशेष साधारणसभाले हकप्रद निष्कासन गर्ने अजेन्डा अनुमोदन गरेको थियो।

कम्पनीले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ।

यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here