22.3 C
Nepal
Monday, February 10, 2025

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ करिब ९१ गुणा ओभरसब्सक्राइब्ड

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्कासनको तेस्रो दिनसम्म करिब ९१ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो।

त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।

२ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म ८ लाख ५० हजार ६९१ आवेदकबाट कुल ९१ लाख ७८ हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९०.७४ गुणाले बढी हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here