22 C
Nepal
Monday, February 17, 2025

लुम्बिनी केबलकारमा हरेक बुधबार टिकटमा ५०% छुट ‘मर्निङ अफर’

लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि ‘मर्निङ अफर’ ल्याएको छ। साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको छ ।

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ रहेको छ। अब नेपाली नागरिकले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ।

अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ। केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here