11.9 C
Nepal
Monday, January 13, 2025

बरामद १ क्विन्टल सुन राष्ट्र बैंकमा जोखिने, भन्सार कर्मचारीलाई निलम्बन गर्ने तयारी – ६ जना पक्राउ

काठमाण्डौको सिनामंगलबाट बरामद अवैध रुपमा भित्रिएको भनिएको सुनको एकिन कती किलो छ भनेर बुझ्नका लागि आज नेपाल राष्ट्र बैंक लगेर जोखिने भएको छ। यो प्रकरणमा ६ जना पक्राउ परेका छन्।

सुन भन्सारबाट निस्किएकोले सुन जाचपासमा सम्लग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ।

हङकङबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर मंगलबार राति सिनामंगलको सडकसम्म पुर्याइसकेको अवस्थामा करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन्।

यो प्रक्रमणमा थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक, सुनले भरिएको स्कुटरको ‘ब्रेक सु’ आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलीप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा रामकुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्य दुईजना भने भन्सार एजेन्ट र ट्याक्सी चालक रहेको विभागले जनाएको छ।

बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाण्डौ आएको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको सुन भन्सार जाँचपास गरेर कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले बरामद भएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here