नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
गएको जेठ १९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।
यस्तै, चाँदी आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको मूल्य तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको छ ।