34.6 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 41

सानो ऋण धेरै व्यक्तिलाई, देशको समृद्धिमा टेवा पुग्छ : गभर्नर डा. विश्वनाथ पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले तल्लो वर्गका नागरिकहरूलाई लक्षित गरी ऋण प्रवाह बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। सोमबार (जेठ १९ गते) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले, ‘एकजनाले एक अर्ब ऋण पाउनुको सट्टा हजार जनाले १० लाख पाउन सके देशको समग्र विकासमा टेवा पुग्छ,’ भन्ने धारणा राखे।

उनले साना तथा कमजोर आर्थिक हैसियत भएका किसान, उपभोक्ता तथा युवा उद्यमीहरूलाई सहज ऋण सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए। गभर्नर पौडेलले भने, “तलको मान्छे माथि गयो भने माथिका मान्छेलाई स्वतः केही हुन्छ। त्यसैले तल्लो वर्गलाई माथि उठाउनुपर्छ।”

ऋणको पहुँच नपुगेर धेरै मानिसहरू पछाडि पर्नुपर्ने अवस्था आउन नदिन साना र सुलभ ऋण वितरण व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। माइक्रोफाइनान्स र सहकारी संस्था प्रणाली पनि यस्तै उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै उनले भने, “सानो ऋण खराब हुनुको कारण व्यवसाय गर्न नसिकाउनु हो, न कि ऋण लिएको हो।”

गभर्नर पौडेलले सबैभन्दा पछाडि परेका वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने राष्ट्र बैंकको नीति स्पष्ट रहेको उल्लेख गरे। उनले बर्दियामा हरिण र मृगको संख्या बढेपछि बाघ पनि बढ्ने उदाहरण दिँदै, मुलुकको आर्थिक प्रणालीमा तल्लो तह बलियो भए मात्र माथिल्लो तह सुदृढ हुने बताए।

उनले आवश्यकता परेमा अर्थतन्त्रमा असर गर्ने नीति र संरचनालाई पुनरावलोकन गरिने तथा समावेशी आर्थिक विकासलाई प्राथमिकता दिइने बताएका छन्।

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयर लिलामी आवेदन म्याद जेठ २० गतेसम्म थप

काठमाडौं — दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा आवेदन दिने समयावधि जेठ २० गतेसम्म थप गरिएको छ। यसअघि अन्तिम म्याद जेठ १९ गते तोकिएको थियो।

कम्पनीले १:१ अनुपातमा निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो। यसअघि चैत १९ देखि वैशाख ८ गतेसम्म हकप्रद खुला गरिएको थियो, जसमा वैशाख १२ देखि १४ सम्म पुनः समयावधि थप गरिएको थियो।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन सानिमा क्यापिटलको नक्साल कार्यालयका साथै विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, भरतपुर, हेटौडा शाखाबाट पेश गर्न सकिनेछ। साथै, सानिमा बैंकका पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा तथा गरिमा विकास बैंकको बागलुङ शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ।

कम्पनीले लगानीकर्ताहरूलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित बोलपत्र पेश गर्न अनुरोध गरेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं — सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेका कुल ४०,००० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आज (जेठ १४ गते) देखि बोलपत्र प्रणालीमार्फत सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

बैंकका अनुसार सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक आम सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन्। बिक्रीका लागि तोकिएको न्यूनतम प्रतिकित्ता मूल्य ११० रुपैयाँ रहेको छ।

बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम ४०,००० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सेयर खरिदमा रुचि राख्ने व्यक्तिहरूले आगामी जेठ २५ गतेभित्र आवेदन दिई सक्नुपर्नेछ।

बैंकले सेयर बिक्री सम्बन्धी थप जानकारीका लागि आफ्ना शाखा कार्यालयहरू वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय जेठ २० गतेसम्म थप

काठमाडौं — ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय एक सातासम्म थप गरिएको छ। कम्पनीले जेठ १४ गतेदेखि सार्वजनिक निष्कासन सुरु गरेको आईपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ।

यसअघि आज (जेठ १४) अन्तिम मिति तोकिएको भए पनि आइतबार भोटो जात्राको अवसरमा सार्वजनिक बिदा परेकाले आवेदन दिने म्याद थप गरिएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

यस अन्तर्गत, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर गत वैशाख ८ गतेदेखि २२ गतेसम्म निष्कासन गरिएको थियो।

यस्तै, ५ प्रतिशत (१ लाख ९८ हजार ५८४.६४ कित्ता) सामूहिक लगानी कोष तथा २ प्रतिशत (७९ हजार ४३३.८६ कित्ता) कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एलएस क्यापिटल लिमिटेड रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ‘ICRA NP Issuer Rating Double B Minus’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्दछ।

कम्पनीको साधारण लगानी फिर्ता हुने औसत अवधि ६.९३ वर्ष रहेको उल्लेख गरिएको छ।

२ अर्ब ५० करोड हिनामिनामा कर्णाली विकास बैंकका पूर्व अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

काठमाडौं — कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको हिनामिना प्रकरणमा बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहिया क्षेत्रबाट रायलाई पक्राउ गरेको हो। बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत उनीमाथि अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ।

२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष रहेका राय विक्रम सम्वत २०७६ देखि २०७९ सम्म सिईओको जिम्मेवारीमा थिए। उनी विभिन्न अवधिमा सञ्चालक समितिको अध्यक्षको भूमिकामा पनि क्रियाशील थिए।

सीआईबीका अनुसार यस प्रकरणमा पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, र हालका सिईओ तथा वित्त प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको घेरामा परेका छन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बैंकमा बिनाधितो, नियमविपरीत र सम्बन्धित निकायको अनुमतिबिनै करोडौं रुपैयाँका ऋण प्रवाह, खातामा अनियमित लेनदेन, आन्तरिक लेखापरीक्षणमा हेरफेर, लगायतका विषयमा गम्भीर आर्थिक अनियमितता भएको आशंका गरेको छ।

सीआईबीले अनुसन्धानलाई तीव्र बनाउँदै थप दोषीको पहिचान र कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ।

सुवास भट्टराइको प्रस्ताव: “नेपाल स्टक एक्सचेन्जको नाम परिवर्तन गरी काठमाडौँ स्टक एक्सचेन्ज राखौँ, नयाँ स्टक एक्सचेन्जको मुख्यालय बुटवलमा राखौँ”

0

काठमाडौँ — लगानीकर्तामाझ सक्रिय रुपमा विचार प्रस्तुत गर्दै आएका सुवास चन्द्र भट्टराइले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्बन्धमा नयाँ सुझाव सार्वजनिक गरेका छन्।

उनको भनाइअनुसार, काठमाडौँमा सार्वजनिक बिदा हुँदा सेयर बजार पनि बन्द हुने परिपाटीले बजारको सुसञ्चालनमा बाधा पुर्‍याइरहेको छ। त्यसैले, उनी भन्छन्, “जुन बजार काठमाडौँसँग मात्र जोडिएको छ, त्यसको नाम पनि काठमाडौँ स्टक एक्सचेन्ज राख्दा फरक पर्दैन।”

भट्टराइले थप प्रस्ताव गर्दै नयाँ स्टक एक्सचेन्ज स्थापना गर्नुपर्ने धारणा राखेका छन्, जसको मुख्यालय (कर्पोरेट अफिस) बुटवलमा राख्नुपर्ने सुझाव उनले दिएका छन्। उनका अनुसार, देशको सेयर बजारलाई विकेन्द्रित गर्न यो कदम आवश्यक छ, जसले अञ्चल र प्रदेशमा आधारित वित्तीय सशक्तिकरणलाई प्रवर्द्धन गर्नेछ।

विगत केही समयदेखि दोस्रो स्टक एक्सचेन्जको आवश्यकता विषयक बहस चलिरहेका बेला भट्टराइको यो विचारले वैकल्पिक बजार विकासको दृष्टिकोणमा नयाँ धार थपेको छ। उनका अनुसार, बुटवल जस्तो औद्योगिक र व्यापारिक केन्द्रमा सेयर एक्सचेन्जको स्थापना भएमा पछाडिएको क्षेत्रलाई आर्थिक गतिशीलता प्रदान गर्न सकिन्छ।

सेयर बजारका विज्ञहरूले समेत नेपालको मौजुदा स्टक एक्सचेन्जमा केन्द्रिकृत संरचनाको आलोचना गर्दै आएका छन्। दोस्रो बजार स्थापनाको प्रक्रिया भित्रि तयारीमा रहेको बेला यसरी क्षेत्रीय सन्तुलनको माग झनै चर्किएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

0

नेपाल राष्ट्र बैंकले आज(जेठ १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज एक यूरोको खरिददर १५४.०७ रुपैयाँ र बिक्रीदर १५४.७५ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.८६ रुपैयाँ र बिक्रीदर १८४.६७ रुपैयाँ कायम छ ।

१० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१७ रुपैयाँ र बिक्रीदर ३२.३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.६२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.६० रुपैयाँ र बिक्रीदर ४४६.५६ रुपैयाँ कायम भएको छ ।

सुन खरिदमा २% विलासिता कर लाग्ने

0

सरकारले सुनका गरहगहनामा खरिदमा २ प्रतिशत विलासिता करको व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाइएको हो ।

त्यस्तै हिरामोतिमा लाग्दै आएको कर भने हटाइएको छ । यस अघि भने १० लाख रुपैयाँभन्दा बढी मूल्यका सुन र सूनका गरहगना, हिरामोती जडित पत्थरमा करको व्यस्था थियो ।

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

0

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मिलेर बनेको लक्ष्मी सनराइज क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।
२०८१/८२ सम्म खाता खोलेका सम्पूर्ण डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले लक्ष्मी सनराइज बैंक वा फोनपे, क्यूआर पेमेन्ट,खलती, कनेक्ट आईपीएस,प्रभु पे,आइएमई पे,ई–सेवा तथा मेरो सेयर ड्यासबोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।

आव २०८०/८१ सम्मको वार्षिक शुल्क बुझाउन बाँकी रहेका हितग्राहीको डिम्याट खाता रोक्का रहेका हुँदा बुझाउन बाँकी रहेको वार्षिक शुल्क बुझाई आफ्नो हितग्राही खाता अद्यावधिक गराई सुचारु गर्न क्यापिटलले आग्रह गरेको छ ।

यसका साथै केवाईसी अद्यावधिक गर्न समेत आग्रह गरिएको छ ।

पत्रकार सम्मेलन आयोजना गर्दै अर्थ मन्त्रालय

0

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको विषयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयले आज दिनको १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
बिहिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गरेका थिए । उनले आगामी आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेका थिए ।

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत पूँजीततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको छ ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ ।