19.9 C
Nepal
Monday, June 2, 2025

सुवास भट्टराइको प्रस्ताव: “नेपाल स्टक एक्सचेन्जको नाम परिवर्तन गरी काठमाडौँ स्टक एक्सचेन्ज राखौँ, नयाँ स्टक एक्सचेन्जको मुख्यालय बुटवलमा राखौँ”

काठमाडौँ — लगानीकर्तामाझ सक्रिय रुपमा विचार प्रस्तुत गर्दै आएका सुवास चन्द्र भट्टराइले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्बन्धमा नयाँ सुझाव सार्वजनिक गरेका छन्।

उनको भनाइअनुसार, काठमाडौँमा सार्वजनिक बिदा हुँदा सेयर बजार पनि बन्द हुने परिपाटीले बजारको सुसञ्चालनमा बाधा पुर्‍याइरहेको छ। त्यसैले, उनी भन्छन्, “जुन बजार काठमाडौँसँग मात्र जोडिएको छ, त्यसको नाम पनि काठमाडौँ स्टक एक्सचेन्ज राख्दा फरक पर्दैन।”

भट्टराइले थप प्रस्ताव गर्दै नयाँ स्टक एक्सचेन्ज स्थापना गर्नुपर्ने धारणा राखेका छन्, जसको मुख्यालय (कर्पोरेट अफिस) बुटवलमा राख्नुपर्ने सुझाव उनले दिएका छन्। उनका अनुसार, देशको सेयर बजारलाई विकेन्द्रित गर्न यो कदम आवश्यक छ, जसले अञ्चल र प्रदेशमा आधारित वित्तीय सशक्तिकरणलाई प्रवर्द्धन गर्नेछ।

विगत केही समयदेखि दोस्रो स्टक एक्सचेन्जको आवश्यकता विषयक बहस चलिरहेका बेला भट्टराइको यो विचारले वैकल्पिक बजार विकासको दृष्टिकोणमा नयाँ धार थपेको छ। उनका अनुसार, बुटवल जस्तो औद्योगिक र व्यापारिक केन्द्रमा सेयर एक्सचेन्जको स्थापना भएमा पछाडिएको क्षेत्रलाई आर्थिक गतिशीलता प्रदान गर्न सकिन्छ।

सेयर बजारका विज्ञहरूले समेत नेपालको मौजुदा स्टक एक्सचेन्जमा केन्द्रिकृत संरचनाको आलोचना गर्दै आएका छन्। दोस्रो बजार स्थापनाको प्रक्रिया भित्रि तयारीमा रहेको बेला यसरी क्षेत्रीय सन्तुलनको माग झनै चर्किएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here