34.6 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 40

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

0

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ ।
बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।

आज बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका संचालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरे ।

गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।

उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए। साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।

साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । उनले ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे।

मनोज ज्ञवाली नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं । नविल बैंक लिमिटेडले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। बिहीबार सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

पूर्व सीईओ ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकको गभर्नर पदको प्रतिस्पर्धामा सहभागी हुने निर्णयसहित चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि, बैंकले मनोज ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो। करिब अढाई महिनासम्म कार्यवाहक सीईओको रूपमा नेतृत्व सम्हालेका ज्ञवालीले अब पूर्णकालीन सीईओको रूपमा बैंकको व्यवस्थापन सम्हाल्ने भएका छन्।

ज्ञवाली यसअघि नविल बैंकमै वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए। त्यसअघि उनले ज्योति विकास बैंकको सीईओ को रूपमा जिम्मेवारी सम्हालेका थिए। बैंकिङ क्षेत्रका अनुभवी व्यवस्थापकका रूपमा परिचित ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट समेत हुन्।

उनको नेतृत्वमा नविल बैंकले अझ प्रभावकारी रूपमा डिजिटल बैंकिङ, लगानी विस्तार, तथा ग्राहक–मैत्री सेवा प्रवाहमा सुधार गर्ने अपेक्षा गरिएको छ। बैंकिङ क्षेत्रका विश्लेषकहरूले ज्ञवालीको बहुआयामिक अनुभव र समर्पण बैंकको दीर्घकालीन रणनीति सफल बनाउन सहायक हुने विश्वास व्यक्त गरेका छन्।

वित्तीय स्रोतमा केही सीमित व्यक्तिको नियन्त्रण : साना ऋणीहरू अझै पनि पहुँच बाहिर

नेपालको वित्तीय क्षेत्रमा देखिएको कर्जाको वितरण असमानता हाल गम्भीर बहसको विषय बनेको छ। हालै प्रतिनिधिसभाको अर्थ समितिमा प्रस्तुत भएका गभर्नर डा. विश्वनाथ पौडेलका तथ्याङ्कहरू अनुसार, कुल ऋणीमध्ये केवल ४ प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध कर्जाको ६५ प्रतिशत हिस्सा प्रयोग गरेका छन्। यो तथ्यले स्पष्ट देखाउँछ कि मुलुकको कर्जा प्रवाह सीमित व्यापारी घरानाहरु वा प्रभावशाली व्यक्तिहरूको पहुँचमा सीमित छ।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थामा १९ लाख ४० हजार ऋणी रहेको जनाउँदै, जसमध्ये १ सय ९४ जनाले मात्र २ खर्ब १७ अर्ब रुपैयाँको कर्जा लिएको उल्लेख गरे। यसले नेपालको बैंकिङ प्रणालीमा गहिरो असमानता रहेको देखाउँछ, जहाँ साना तथा मध्यम वर्गका किसान, उद्यमी र नयाँ व्यवसायीको पहुँच निकै कमजोर छ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार, एक अर्बभन्दा कमको कर्जालाई “सानो कर्जा” मान्दा पनि ऋण रकमको झण्डै ६५ प्रतिशत हिस्सा ४ प्रतिशत ऋणीको कब्जामा रहेको छ, जुन हालको कुल कर्जा ५५ खर्ब ४८ अर्ब रुपैयाँको करिब ३६ खर्ब ६ अर्ब बराबर हुन्छ।

यसले देखाउँछ कि ठूलो मात्रामा कर्जा प्रवाह केही प्रभावशाली व्यक्तिहरू वा उद्योगी घरानाहरूको नियन्त्रणमा छ, जसले बैंकिङ प्रणालीलाई आफ्नो पक्षमा झुकाउने अवस्थाको सिर्जना गरेको छ। यसले वित्तीय समावेशीकरणको नीतिलाई कमजोर बनाउँछ र साना उद्यम, युवा व्यवसायी तथा ग्रामीण क्षेत्रमा लगानी गर्न चाहने समूहहरूलाई वञ्चित बनाउँछ।

गभर्नर पौडेलले यो अवस्थालाई सुधार गर्न बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७१ संशोधन गरी कर्जा वितरणमा समानता ल्याउने, पारिवारिक सम्बन्ध भएका निकायबाट कर्जा नियन्त्रण गर्ने, र कन्सोर्टियम ऋणमा पारदर्शिता ल्याउने व्यवस्था गरिने बताएका छन्। यससँगै, लघुवित्तमा पनि ठूला उद्योगी-व्यवसायीको लगानी वृद्धि भएको, साथै तिनैले लघुवित्तमार्फत सस्तो ऋण लिने अभ्यास भएको गम्भीर संकेत राष्ट्र बैंकले दिएको छ।

चालु आवको चैतसम्म लघुवित्त संस्थामा २६ लाख ९५ हजार ऋणी रहेका छन्, जसलाई ४ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरिएको छ। यद्यपि, यसमा पनि समानता अभाव देखिन्छ।

अन्ततः, वित्तीय स्रोत सबैकसको साझा सम्पत्ति हो भन्ने दृष्टिकोण राख्दै, बैंक तथा वित्तीय संस्थाहरूले सबै वर्ग र क्षेत्रका मानिसलाई समान पहुँच दिन सक्ने वातावरण बनाउन सरकार, संसद् र नियामक निकायबीच प्रभावकारी समन्वय आवश्यक छ। यसो नगरे आर्थिक अवसरको वितरण अझै असमान हुनेछ, जसले दीर्घकालीन रूपमा आर्थिक विषमता र असन्तुलन बढाउने खतरा रहन्छ।

बैंकर नै व्यवसायी र व्यवसायी नै बैंकर हुनु नै आर्थिक असमानताको मूल कारण

नेपालको वित्तीय प्रणालीमा देखिएको गम्भीर समस्यामध्ये एक हो — व्यवसायी नै बैंकर बन्नु र बैंकर नै व्यवसायमा संलग्न हुनु। यस प्रवृत्तिले कर्जा प्रवाहमा निष्पक्षता र पारदर्शिता हराउँदै गएको देखिन्छ।

जब एकै व्यक्ति वा समूह व्यवसाय पनि गर्छ र उसैको प्रत्यक्ष वा परोक्ष नियन्त्रणमा बैंक तथा वित्तीय संस्था पनि हुन्छ, कर्जा वितरणमा प्राथमिकता, पहुँच, र नीति आफैँको पक्षमा मोडिने खतरा बढ्छ। यस्ता समूहहरूले आफ्नो अनुकूलता अनुसार सस्तो ब्याजदरमा उच्च मात्रामा कर्जा लिने, जोखिमपूर्ण योजना चलाउने, तर अन्य साना व्यवसायी, किसान वा युवा उद्यमीहरूलाई उपेक्षा गर्ने प्रवृत्ति देखिन्छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि हालै अर्थ समितिमा प्रस्तुत गर्दै यस्तै समस्या औँल्याएका थिए। उनले भनेका थिए, “बैंकमा रहेको स्रोत सबैको साझा सम्पत्ति हो, तर आज यो सीमित व्यक्तिको कब्जामा छ।”

यो संरचनात्मक समस्या हुँदा बैंकिङ क्षेत्र एक प्रकारको “घेरा प्रणाली” (closed circle) जस्तै बनेको छ, जहाँ नयाँ प्रवेशकर्ताले अवसर पाउन सक्दैनन्। फलस्वरूप आर्थिक समावेशीकरणमा बाधा पुग्ने, ग्रामीण र साना उद्यममा लगानी घट्ने, र अन्ततः समग्र अर्थतन्त्रमा प्रभाव पर्ने अवस्था देखिन्छ।

समाधानका लागि:

  • बैंकिङ ऐनमार्फत स्पष्ट रूपमा “ब्यवसायी–बैंकर अलगाव” को व्यवस्था हुनुपर्छ।
  • बैंक तथा वित्तीय संस्थामा पारदर्शी सेयर स्वामित्वहितसँघर्ष (conflict of interest) नियमन गर्न सकिने नीति आउनुपर्छ।
  • समीक्षा समिति वा स्वतन्त्र नियामक निगरानी संयन्त्र स्थापना गरिनुपर्छ, जसले बैंकर र व्यवसायबीचको नजिकको सम्बन्धको दुरुपयोग नियन्त्रण गर्न सकोस्।

निष्कर्षमा, बैंकिङ क्षेत्रले निष्पक्ष, पारदर्शी र समावेशी हुन नसकेसम्म आर्थिक समानता, वित्तीय पहुँच र दीगो विकास सम्भव छैन। व्यवसायी र बैंकरको भूमिकामा स्पष्टता र सीमारेखा आवश्यक छ।

Article

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

0

ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचजा जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाइएको छैन ।

संस्थापक सेयर खरिद गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिनु पर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनु पर्नेछ ।

यस्तै बैंकले गत चैत १७ गते ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखेको संस्थापक सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेकाले उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखेको छ । उक्त सेयर खरिद गर्न चाहने आम सर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

एनएमबी लघुवित्तले संस्थापक सेयर संरचना परिवर्तन गर्दै, ६० प्रतिशतबाट ५१ प्रतिशतमा झार्ने तयारी

काठमाडौं ।एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको सेयर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। हाल कायम रहेको ६० प्रतिशत संस्थापक सेयर संरचना घटाएर ५१ प्रतिशत मा सीमित गर्ने गरी ९ प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गरिने संस्थाले जनाएको छ।

यस प्रक्रियाअन्तर्गत संस्थाले इच्छुक संस्थापक सेयरधनीहरुलाई आगामी २१ दिनभित्र आफ्नो धारणा स्पष्ट गर्न आग्रह गरेको छ। सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिई सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न नचाहने भन्ने जानकारी गराउन सकिनेछ।

यदि तोकिएको समयावधिभित्र कुनै लिखित निवेदन प्राप्त नभएमा, सम्बन्धित संस्थापक सेयरधनीहरूलाई मञ्जुर भएको ठानी ती सेयरलाई सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइने संस्थाले स्पष्ट पारेको छ।

यो कदमले एनएमबी लघुवित्तको सेयर स्वामित्व संरचनामा पारदर्शिता ल्याउने र बजारमा सर्वसाधारणको सहभागिता बढाउने अपेक्षा गरिएको छ। साथै, पूँजीको तरलता वृद्धि हुने र सेयर कारोबारमा सकारात्मक प्रभाव पर्ने जानकारहरूको विश्लेषण छ।

केन्द्रीय बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट झिक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा मौज्दात तरलता व्यवस्थापन गर्न आज (बुधबार) ४० अर्ब रुपैयाँ बराबरको रकम बजारबाट झिक्ने भएको छ।

राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण ‘निक्षेप संकलन (Deposit Collection)’ मार्फत २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो। केन्द्रीय बैंकले पछिल्लो समय तरलता बढी भएका कारण नियमित रूपमा आइतबार र बुधबार पैसा संकलन गर्दै आएको छ।

आज दिउँसो ३ बजेपछि अनलाइन बिडिङ सिस्टममार्फत सहभागी संस्थाहरूले बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँअधिकतममा ५ करोडको गुणनफल हुने गरी रकम माग गर्न सक्ने छन्। राष्ट्र बैंकले मागअनुसारको रकम विभिन्न संस्थाबाट आह्वान गरी ४० अर्ब बराबरको तरलता अवशोषण गर्ने जनाएको छ।

उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असार ११ गते हुनेछ।

यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।

केन्द्रीय बैंकको यो कदमले अल्पकालीन तरलता सन्तुलन कायम राख्ने र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमा सघाउने अपेक्षा गरिएको छ।

निफ्राको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने समय जेठ २२ सम्म थप

0

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ। यसअघि जेठ २१ गतेसम्म रहेको आवेदन दिने अन्तिम मिति अब जेठ २२ गतेसम्म लम्ब्याइएको हो। यसअघि जेठ १८ गते सार्वजनिक बिदा परेकाले आवेदनको समय थप गरिएको हो।

निफ्राले जेठ १८ गतेदेखि ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र जारी गरेको हो। यस ऋणपत्रमा १ हजार रुपैयाँ अंकित दरमा कुल ५० लाख कित्ता बिक्री गरिनेछ, जसको कुल मूल्य ५ अर्ब रुपैयाँ बराबर हुनेछ।

ऋणपत्रको वितरण संरचना यस प्रकार रहेको छ:

  • सर्वसाधारणका लागि: ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता
  • व्यक्तिगत तबरबाट (Private Placement): ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता
  • सामूहिक लगानी कोषका लागि: सार्वजनिक निष्कासनको ५ प्रतिशत अर्थात १ लाख कित्ता

सात वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज प्रदान गरिनेछ, जुन अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

इच्छुक लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। निफ्राले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गत वैशाख ३० गते यस ऋणपत्र निष्कासनको स्वीकृति प्राप्त गरेको थियो।

नोट: लगानीकर्ताले अब थपिएको समयावधिभित्र यो ऋणपत्रमा सुरक्षित र सुनिश्चित प्रतिफलको लागि आवेदन दिन सक्नेछन्।

बैंकर र व्यवसायी छुट्याउनुपर्छ: आर्थिक अनुशासनको पहिलो आधार

लेख:

नेपालको आर्थिक संरचना परिवर्तनशील चरणमा छ। विशेषतः बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०७१ मा संशोधन गर्न लागिएको सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दिएको चेतावनी — “बैंकबाट व्यवसायी छुट्याउँदा भूकम्प आउन सक्छ” — ले बहसको नयाँ आयाम जन्माएको छ।

गभर्नर पौडेलको भनाइको मूल सन्देश भनेको, बैंक र व्यवसायीबीचको सम्बन्धलाई स्पष्ट, पारदर्शी र विवेकसम्मत बनाउनु आवश्यक छ। वर्तमानमा, बैंकमा उल्लेख्य स्वामित्व राख्ने वा प्रत्यक्ष प्रभाव राख्ने व्यक्तिहरूले कर्जा प्रवाह, नीतिगत निर्णय तथा वित्तीय अनुशासनमा अस्वस्थ हस्तक्षेप गर्न सक्ने जोखिम रहन्छ।

किन छुट्याउनुपर्छ व्यवसायी र बैंकर?

१. हितको द्वन्द्व (Conflict of Interest):
एउटै व्यक्ति वा समूह बैंकको सञ्चालक र ऋणी दुवै हुँदा निष्पक्ष कर्जा प्रवाह असम्भव हुन्छ। यसले गैर–निष्पादन ऋण (NPL) बढ्ने सम्भावना ल्याउँछ।

  1. स्वार्थले निर्देशित निर्णयहरू:
    नियामक ढाँचा नहुदाँ, निजी फाइदाका लागि बैंकको स्रोत प्रयोग हुने सम्भावना हुन्छ। यसले आम जनताको निक्षेप र विश्वास गुमाउने खतरा बढाउँछ।
  2. अर्थतन्त्रमा असन्तुलन:
    ठूलो समुहले धेरै कर्जा लिएर भुक्तानी गर्न नसक्दा सम्पूर्ण वित्तीय प्रणाली संकटमा पर्न सक्छ। २००८ को विश्वव्यापी आर्थिक संकट यस्तो संरचनात्मक कमजोरीकै परिणाम थियो।
  3. राष्ट्र बैंकको नियमन कमजोर पार्ने प्रयास:
    संस्थागत स्वायत्तता र पारदर्शिता कायम गर्न व्यवसायी र बैंकरबीचको स्पष्ट विभाजन अपरिहार्य छ।

नयाँ कानुनी संरचनाको आवश्यकता

बाफिया ऐनको संशोधनले अब स्पष्ट पार्नुपर्छ — कति प्रतिशत स्वामित्व भएका व्यक्ति बैंकको बोर्ड सदस्य बन्न सक्छन्? उनीहरूलाई कस्तो खालको कर्जा दिइन सक्छ? डिजिटल बैंक, क्रिप्टो करंसीज, भर्चुअल पेमेन्ट सिस्टम आदि विषयले पनि अब पुराना नियमहरूसँग मेल खाँदैनन्। नयाँ चुनौतीलाई जवाफ दिन अब कानुन नै अद्यावधिक हुनुपर्छ।

निष्कर्ष:

गभर्नर पौडेलको चेतावनी ‘भूकम्प’ को रूपमा होइन, ‘पूर्वचेतावनी’ को रूपमा लिनुपर्छ। बैंकिंग प्रणालीमाथि व्यवसायिक स्वार्थको वर्चस्व घटाउनैपर्छ। बैंकर र व्यवसायीबीच स्पष्ट र सशक्त सीमा रेखा कोर्न नसके देशले केवल वित्तीय अस्थिरता होइन, समग्र आर्थिक दिशाविहीनता भोग्नुपर्छ।

अब समय आएको छ — बैंकर र व्यवसायी अलग होऊन्। तर समृद्ध नेपालको साझा लक्ष्यमा दुबै क्षेत्र जिम्मेवार बनून्।

ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ९६९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले असार ३ गतेभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनु पर्नेछ ।

यसअघि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

आईपीओमा आवेदन दिने आज अन्तिम दिन: विकाश हाईड्रोपावर र ट्रेड टावर लिमिटेडको सेयर निष्कासनमा लगानीकर्ताको चासो

काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेड र ट्रेड टावर लिमिटेडले जारी गरेको साधारण सेयर (आईपीओ)मा आज (जेठ २० गते) आवेदन दिने अन्तिम दिन रहेको छ।

विकाश हाईड्रोपावरको आईपीओमा उच्च चासो

विकाश हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जेठ ६ गतेदेखि १२ लाख ६३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वेशाख १५ गते रु. १०० अंकित दरमा ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको हो।

तीन वर्गमा सेयर बाँडफाँड गरिएको छ: अति प्रभावित क्षेत्र (धार्चे गाउँपालिका वडा नं. ४ र ५) का लागि ३ लाख ६३ हजार ६४० कित्ता, अन्य प्रभावित क्षेत्र (वडा नं. १, २, ३, ६ र ७) का लागि ५ लाख ४५ हजार ४६१ कित्ता, र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर छुट्याइएको छ।

ट्रेड टावर लिमिटेडको आईपीओमा पनि अन्तिम मौका

यस्तै, ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ जारी गरेको थियो। कम्पनीले धितोपत्र बोर्डबाट चैत २५ गते ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको थियो।

यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६४ कित्ता र कर्मचारीका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर छुट्याइएको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

आवेदन प्रक्रिया

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार (विकाश हाइड्रोपावर) वा १ हजार (ट्रेड टावर) कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन मेरो सेयर अनलाइन प्लेटफर्म वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट दिन सकिन्छ।

विकाश हाइड्रोपावरको बिक्री प्रबन्धक प्रभु क्यापिटल हो भने ट्रेड टावर लिमिटेडको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ।