31 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 39

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको। बैठकले आव २०८०/८१ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।

बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६८४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

बैंकर र व्यवसायी छुट्याउनु ठीक कि बेठिक? — एक विश्लेषणात्मक लेख

नेपालको आर्थिक प्रणाली विकासोन्मुख अवस्थाबाट क्रमशः परिष्कृत संरचनातर्फ उन्मुख भइरहेका बेला “बैंकर” (बैंक व्यवस्थापक, लगानीकर्ता) र “व्यवसायी” (उद्योगपति, व्यापारी) बीचको सम्बन्ध र त्यसको स्पष्ट विभाजनको प्रश्नले गम्भीर बहस निम्त्याएको छ।

🔍 विषय परिचय

नेपालमा पछिल्लो समय बैंकहरू आफैंले व्यवसायमा प्रत्यक्ष/अप्रत्यक्ष प्रवेश गर्न थालेको, वा व्यवसायीहरूले बैंकमा लगानी/सञ्चालन गर्न थालेको आरोप लाग्दै आएको छ। यस्तो परिपाटीले अर्थतन्त्रको पारदर्शिता, प्रतिस्पर्धा र वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्छ।


📌 छुट्याउनु “ठीक” भन्ने पक्षमा तर्क

1. हितको द्वन्द्व रोक्न (Conflict of Interest)

ब्याङ्करले आफैं व्यवसाय चलाएमा, आफूलाई नै सस्तो ब्याजमा ऋण दिन सक्ने, जोखिम मूल्याङ्कनमा हेराफेरी हुन सक्ने सम्भावना रहन्छ। यसले अन्य व्यवसायीको पहुँच र प्रतिस्पर्धामा बाधा पुर्‍याउँछ।

2. वित्तीय स्थायित्वको लागि

बैंकको प्राथमिक भूमिका सावधानीपूर्वक लगानी गर्ने हो, जबकि व्यवसाय जोखिम लिएर मुनाफा कमाउने हो। यी दुई फरक प्रकृतिका क्षेत्र हुन्, जसले एउटै हातमा हुँदा सम्पूर्ण वित्तीय प्रणाली धरापमा पर्न सक्छ।

3. नैतिकता र सुशासनको सवाल

यदि बैंक सञ्चालक वा सीईओहरू व्यवसायिक कम्पनीको मालिक/शेयरधनी छन् भने, निर्णय गर्दा उनीहरूको प्राथमिकता सार्वजनिक हितभन्दा व्यक्तिगत लाभमा झुक्ने सम्भावना हुन्छ।


❗ छुट्याउनु “बेठिक” भन्ने पक्षमा तर्क

1. धेरै देशमा क्रस-ओनरशिप प्रचलनमा छ

दक्षिण कोरियाको Chaebol प्रणाली, जापानको Keiretsu, वा भारतको Business House with Financial Arms जस्ता उदाहरणहरूमा व्यवसाय र वित्तीय क्षेत्रबीच सहकार्य देखिन्छ। सशक्त नियमनको शर्तमा यो मोडल पनि सफल हुन सक्छ।

2. पुँजी र सीपको सदुपयोग

यदि व्यवसायीले बैंक स्थापना गर्छन् भने उनीहरूले आफ्नो व्यावसायिक ज्ञान, बजार बुझेको अनुभव र दीर्घकालीन दृष्टिकोणबाट संस्थागत वित्तीय सेवा दिन सक्छन्।

3. निजी क्षेत्रको सशक्तीकरण

नेपालजस्तो मुलुकमा जहाँ पूँजीको अभाव छ, एकै व्यक्तिले व्यवसाय र बैंक दुवै सञ्चालन गर्दा देशभित्रै लगानीको चक्र बनाउन सक्छ। शर्त, नियमन कडा हुनुपर्छ।


⚖ निष्कर्ष

नेपालको जस्तो सानो, समुन्नत हुँदै गएको अर्थतन्त्रमा बैंकर र व्यवसायी बीच स्पष्ट सीमारेखा आवश्यक छ। नेपाल राष्ट्र बैंकले स्वार्थ द्वन्द्व रोक्न, पारदर्शिता बढाउनवित्तीय प्रणालीको स्थायित्व कायम राख्न नियमन थप कडा गर्नुपर्छ

तर, पूर्णरूपमा छुट्याउनु मात्रै समाधान होइन। नियम पालना, पारदर्शिता, नियामक सशक्तता र सार्वजनिक जवाफदेहिताको संयोजनले मात्र दीगो सुधार ल्याउन सक्छ।


संक्षेपमा:

बैंकर र व्यवसायीको भूमिका स्पष्ट छुट्याउनु दीर्घकालीन रूपमा उचित देखिन्छ, तर कुनै पनि संरचना सफल हुन नियमन, जवाफदेहिता र पारदर्शिता अनिवार्य सर्त हुन्।

केस स्टडी : यस बैंक, भारत

विषय: “बैंकर व्यवसायी पनि हुँदा के हुन्छ?”

पृष्ठभूमि
यस बैंक (Yes Bank) भारतमा एकजना करियर बैंकिङ पृष्ठभूमिका व्यक्ति (राणा कपूर) द्वारा स्थापित गरिएको निजी बैंक हो। सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै यसले बजारमा ठूलो विश्वास कमायो।

मुख्य समस्या
राणा कपूरले आफैं बैंकको प्रमुख पदमा रही, आफ्ना नजिकका व्यवसायीक परियोजनाहरूमा अत्यधिक ऋण प्रवाह गरे। धेरैजसो ऋण high-risk परियोजनाहरूमा लगाइएका थिए, जुन पछि गैर-सञ्चालक सम्पत्ति (NPA) बन्न पुगे।

नतिजा
2020 मा यस बैंकको पूँजी स्थिति धराशायी भयो। RBI (भारतीय केन्द्रीय बैंक) ले तत्काल स्टेट बैंक अफ इण्डियाको नेतृत्वमा bailout कार्यक्रम ल्याउनुपर्‍यो।

सिकाइ

  • बैंकर व्यवसायीको दोहोरो भूमिका ले स्वार्थ द्वन्द्व (conflict of interest) निम्त्याउँछ।
  • नियामक संस्थाको कमजोर निगरानीले संकट निम्त्याउन सक्छ।

नेपालको स्थिती

त्यस्तै नेपालमा थुप्रै बैंक तथा वित्तीय संस्थामा व्यवसायीहरू सञ्चालकका रूपमा छन्, कतिपय त बोर्ड अध्यक्ष पनि छन्। धेरैजसो व्यवसायीहरूको आफ्नै व्यापारिक घराना हुन्छ र उनीहरू आ–आफ्ना कम्पनीहरूमा ऋण लगानी सुनिश्चित गर्न दबाब दिन सक्ने स्थिति बनाउँछन्।

दृष्टान्त: उद्योगपतिहरूले स्थापना गरेका बैंकहरू
  • कतिपय व्यवसायिक समूहले बैंक खोल्छन् र पछि आफ्नै समूह वा सम्बद्ध कम्पनीलाई ऋण प्रवाह गराउँछन्।
  • केही अवस्थामा ऋण असुलीमा समस्या देखिँदा बैंकको NPL (non-performing loan) बढ्ने जोखिम देखिएको छ।

हालको अवस्था

  • बैंकरहरुले आफ्नो ब्यवसायलाई प्रसस्त मात्रामा ॠणहरु प्रदान गरेका छन जसले गर्दा ॠण केहि सिमित ब्याक्तिले धेरै मात्रामा पाउने तर आवस्यक र योग्य ब्यक्तिले नपाउने अवस्था आएको गुनासोहरु आएका छन ।
  • बैंकर नै ब्यबसायी हुँदा एउटै ब्यवसायिक घरानाको बैंक पनि , जिबन बिमा पनि , निर्जिबन बिमा पनि , ब्यापारिक प्रतिस्ठान लगायत धेरै सङ्स्थाहरु रहेको पाइएको छ । आवस्यक नभएका तर सुरक्षित मानिएका कम्पनिहरुमा सबै बैंकहरुले लगानी गर्ने तर धेरै नै आवस्यक रहेको क्षेत्र जस्तै उत्पादनमुलक क्षेत्रमा लगानी कम रहेको पाईएको छ ।
  • कम्पनिले लगानिका लागी स्वपुजिका अलावा बैंक तथा बित्तिय सङ्थामा निर्भर रहनु पर्ने तर उत्पादन मुलक कम्पनी यदि कुनै ब्याक्तिले खोल्छ , जो बैंकर छैन भने उसले ॠण पाउन धेरै नै दुख पाउने गरेको पाइएको छ ।
  • तर जो बैंकर छ उसले सजिलै ॠण पाईरहेको देखिएको छ । जसले गर्दा पनि हालसम्म देश आत्मनिर्भर बन्न नसकेर आयातमा निर्भर रहेको देश बनेको समेत टिप्पणी हुन थालेको छ ।

समाप्ति टिप्पणी:
केस स्टडीहरूले पनि देखाउँछन् — बैंकर र व्यवसायीको भूमिकामा स्पष्ट छुट्टाव नभएमा बैंक प्रणाली नै जोखिममा पर्न सक्छ। नियामकीय शक्ति, पारदर्शिता, र सुशासन नै दीर्घकालीन स्थायित्वका मूल आधार हुन्।

निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २२ गते तोकिएको थियो, तर माग बमोजिम आवेदन नपरेकाले म्याद थपेर जेठ २५ गते पुर्याइएको थियो ।  

बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको छ ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत दरले ब्याज भुक्तानी गरिनेछ र यसको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

0

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

आईपीओ तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले वार्षिक साधारण सभा डाक्यो

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार १६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले दोस्रो वार्षिक साधारण सभा धनगढीस्थित मुख्य कार्यालयमा अपरान्ह १ बजेका लागि डाक्ने निर्णय गरेको हो ।

सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिनेछ।

त्यस्तै, नयाँ लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चको अनुमोदन लगायतका प्रस्तावहरू पनि सभाले पारित गर्नेछ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत सेयर अर्थात २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले २०८१ असोज २० गते नेपाल धितोपत्र बोर्ड (SEBON) मा अनुमति माग्दै आवेदन दिएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आईपीओ जारी गर्नेछ।

रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (जेठ २५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस अनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव आगामी असार २ गते बिहान ११ बजे काठमाण्डौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरिनेछ।

सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न आजभित्र सेयर खरिद गरेर आफ्नो नाममा कायम गराउनुपर्नेछ।

ग्लोबल आइएमई बैंकद्वारा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

0

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो । यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा १,००० कागतीका विरुवा रोपण गरेको हो । उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय नागरिक लगायत बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो । त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको हो । बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक बन) लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २,०८६ विरुवा रोपण सुरु गरेको छ । बैंकले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा स्थानीय महानुभावहरुको उल्लासमय उपस्थिति रहेको थियो । बैंकले बृक्षारोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक बन, विद्यायल, अस्पताल परिसरहरु तथा सार्वजनिक स्थानहरु छनौट गरेको छ । उक्त बृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

फर्स्ट माइक्रोफाइनान्सको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक,जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको ३५ दिनभित्र यस्तो आवेदन दिनुपर्नेछ ।

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनःथप

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २२ गते तोकिएको थियो, तर माग बमोजिम आवेदन नपरेकाले म्याद थप गरिएको हो ।
यो ऋणपत्रमा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत जेठ १८ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८र८९’ नामक ऋणपत्र निष्कासन गरेको छ ।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत दरले ब्याज भुक्तानी गरिनेछ र यसको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि गत वैशाख ३० गते नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृती पाएको थियो ।