31 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 38

🔴 ब्रेकिङ न्यूज: हिम स्टार उर्जा कम्पनीले आजदेखि आईपीओ निष्कासन खुला गर्‍यो

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (असार १ गते)देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को पहिलो चरणको बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले ओखलढुङ्गा र सोलुखुम्बुका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै कुल २ लाख ७९ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार कम्पनीले कुल ११ लाख १९ हजार कित्ता सेयर मध्ये ५% अर्थात १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावित बासिन्दाका लागि र १०% अर्थात ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ।

📌 महत्वपूर्ण मितिहरू:

  • 📅 आयोजना प्रभावित क्षेत्र: आवेदन अवधि – असार १३ गतेसम्म (छिटो) देखि असार २९ गतेसम्म (ढिलो)
  • 📅 वैदेशिक रोजगारी: आवेदन बन्द – जेठ १३ गतेसम्म

📍 कहाँबाट आवेदन दिने?

  • आयोजना प्रभावित बासिन्दाले: सिटिजन्स बैंक लिखुपिके शाखा, ओखलढुङ्गाको महिला भवन, जनस्वास्थ्य भवन र सोलुखुम्बुको वडा कार्यालयबाट
  • वैदेशिक रोजगारीमा रहेका नेपालीले: सबै ASBA सदस्य बैंक, मेरो सेयर अनलाइनबाट

👉 सेयर दर: रु. १०० अंकित मूल्य
👉 न्यूनतम आवेदन: १० कित्ता
👉 अधिकतम आवेदन: १०,००० कित्ता

📊 दोस्रो चरणमा ९ लाख ३२ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

📌 बिक्री प्रबन्धक: एनआईसी एशिया क्यापिटल लिमिटेड

📢 लगानीकर्ताहरूको उल्लेख्य चासोबीच हिम स्टार उर्जाको आईपीओमा सहभागिताको लागि आजदेखि आवेदन खुला भएको हो।

अहिल्यै आवेदन दिनुहोस्! 💼📈

एनएलजी इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा आज, बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित हुँदै

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज (असार २ गते) काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना हुँदैछ।

सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयर वितरणपछि जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा बीमा समिति, कम्पनी रजिष्ट्रार वा अन्य नियमनकारी निकायबाट आवश्यक निर्देशन वा संशोधन आएमा त्यसअनुसार कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित हुने छ।

सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न कम्पनीले जेठ २२ गते बुक क्लोज मिति तोकेको थियो। यसअनुसार, जेठ २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ९ हजार ७०२ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिईसक्नु पर्नेछ ।

निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

असार १६ गतेदेखि तेह्रथुम पावरले हकप्रद सेयर निष्कासन गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर (१ः१ अनुपातमा) निष्कासन गर्ने भएको छ। कम्पनीले हालको ४० करोड रुपैयाँ चुक्तापूँजीको आधारमा रु. १०० अंकित दरमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यस प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज मिति तोकेको थियो। यसअनुसार, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरको आवेदन दिन योग्य छन्।

हकप्रद सेयरको आवेदन दिन सकिने अन्तिम मिति साउन ४ गतेसम्म निर्धारण गरिएको छ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले वैशाख १९ गते हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरेको हो।

कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम आफ्नै प्रवर्द्धनमा निर्माणाधीन २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण, अन्य लाभदायक जलविद्युत् कम्पनीहरूमा लगानी तथा बैंकको कर्जा चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ।

सुनको मूल्य रु.१३ सयले बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ३ सय रुपैयाँले बढी हो।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कायम थियो, जसमा ६ सय रुपैयाँको गिरावट आएको थियो। तर, आज भने अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै नेपाली बजारमा समेत सुनको मूल्य उकालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य १९ डलरले बढेर प्रतिऔंस ३ हजार ३४१ डलरमा कारोबार भईरहेको छ। यही वृद्धिको असरले नेपाली बजारमा सुन महँगिएको महासंघले जनाएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज पनि अघिल्लो दिनको समान मूल्यमा, प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ।

सुनचाँदीको मूल्यमा आएको उतारचढावले बजारमा कारोबार गर्ने व्यवसायी तथा उपभोक्तालाई सजग हुन विशेषज्ञले सुझाव दिएका छन्।

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले अल्पकालीन मौद्रिक उपकरण अन्तर्गत निक्षेप संकलनमार्फत २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा संकलन गर्दै आएकोमा, सोही तालिकाअनुसार आज पनि रकम संकलनको तयारी गरेको हो । संकलन प्रक्रिया अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ, जसका लागि आज मध्यान्ह ३ बजेदेखि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल प्रक्रियामा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा बाँकी निःशेष भाग हुने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । यो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी असार १८ गते हुनेछ ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन पाउनेछन् । तरलता सन्तुलन गर्न राष्ट्र बैंकको यस्तो कदमले बजारमा मौद्रिक स्थायित्व कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

अभियान लघुवित्तले गर्यो लाभांश नदिने निर्णय

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै उक्त आवमा आर्जन गरेको मुनाफाको आधारमा सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश वितरण गर्ने अवस्था नभएको हुँदा लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

यससँगै संस्थाका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

अपर हेवाखोला हाईड्रोपावरको ३५.३० लाख कित्ता सेयरको लकइन अवधि असारमा समाप्त हुने

अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३५ लाख ३० हजार कित्ता सेयरको लक इन अवधि असार ३१ गते समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

लक इन अवधि खुल्न लागेको कुल सेयरमा ३० लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३० हजार कित्ता रहेको छ ।

कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्ष आव २०८०÷८१ का लागि ८ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत) वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश पारित गर्न आगामी असार १० गते काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ ।

अकामा होटेलले डाक्यो विशेष साधारण सभा, आईपीओ निष्कासन गर्ने

अकामा होटेल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी असार १० गते काठमाण्डौको धुम्बाराहीमा रहेको कम्पनीको रजिष्टर्डको कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणमा सेयर जारी गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सेयर संरचनासहित कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने र जारीपूँजी मध्येको संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्तावहरु पारित गरिनेछ ।