21.9 C
Nepal
Monday, July 28, 2025

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले अल्पकालीन मौद्रिक उपकरण अन्तर्गत निक्षेप संकलनमार्फत २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा संकलन गर्दै आएकोमा, सोही तालिकाअनुसार आज पनि रकम संकलनको तयारी गरेको हो । संकलन प्रक्रिया अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ, जसका लागि आज मध्यान्ह ३ बजेदेखि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल प्रक्रियामा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा बाँकी निःशेष भाग हुने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । यो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी असार १८ गते हुनेछ ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन पाउनेछन् । तरलता सन्तुलन गर्न राष्ट्र बैंकको यस्तो कदमले बजारमा मौद्रिक स्थायित्व कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here