21.1 C
Nepal
Monday, July 28, 2025

असार १६ गतेदेखि तेह्रथुम पावरले हकप्रद सेयर निष्कासन गर्ने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर (१ः१ अनुपातमा) निष्कासन गर्ने भएको छ। कम्पनीले हालको ४० करोड रुपैयाँ चुक्तापूँजीको आधारमा रु. १०० अंकित दरमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

यस प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज मिति तोकेको थियो। यसअनुसार, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरको आवेदन दिन योग्य छन्।

हकप्रद सेयरको आवेदन दिन सकिने अन्तिम मिति साउन ४ गतेसम्म निर्धारण गरिएको छ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले वैशाख १९ गते हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरेको हो।

कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम आफ्नै प्रवर्द्धनमा निर्माणाधीन २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण, अन्य लाभदायक जलविद्युत् कम्पनीहरूमा लगानी तथा बैंकको कर्जा चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here