काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज (असार २ गते) काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना हुँदैछ।
सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयर वितरणपछि जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा बीमा समिति, कम्पनी रजिष्ट्रार वा अन्य नियमनकारी निकायबाट आवश्यक निर्देशन वा संशोधन आएमा त्यसअनुसार कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित हुने छ।
सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न कम्पनीले जेठ २२ गते बुक क्लोज मिति तोकेको थियो। यसअनुसार, जेठ २१ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।