19.9 C
Nepal
Sunday, September 28, 2025

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय जेठ २० गतेसम्म थप

spot_imgspot_imgspot_img

काठमाडौं — ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय एक सातासम्म थप गरिएको छ। कम्पनीले जेठ १४ गतेदेखि सार्वजनिक निष्कासन सुरु गरेको आईपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ।

यसअघि आज (जेठ १४) अन्तिम मिति तोकिएको भए पनि आइतबार भोटो जात्राको अवसरमा सार्वजनिक बिदा परेकाले आवेदन दिने म्याद थप गरिएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

यस अन्तर्गत, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर गत वैशाख ८ गतेदेखि २२ गतेसम्म निष्कासन गरिएको थियो।

यस्तै, ५ प्रतिशत (१ लाख ९८ हजार ५८४.६४ कित्ता) सामूहिक लगानी कोष तथा २ प्रतिशत (७९ हजार ४३३.८६ कित्ता) कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एलएस क्यापिटल लिमिटेड रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ‘ICRA NP Issuer Rating Double B Minus’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिमको संकेत गर्दछ।

कम्पनीको साधारण लगानी फिर्ता हुने औसत अवधि ६.९३ वर्ष रहेको उल्लेख गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here