35 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 42

सुनको मूल्य बढ्यो

0

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ७ सय रुपैयाँले महङ्गिएको हो ।
यससँगै सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । आज कम्पनीको दोस्रो वार्षिक साधारण सभा भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लागि बाहय् लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने र सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन गरिनेछ ।

यस्तै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च समेत अनुमोदन हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

स्वास्थ्यमन्त्री पौडेलको घोषणाअनुसार बजेटमा थपिएका यि योजना तथा कार्यक्रमहरु ,स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि

0

काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको ८६ अर्ब २४ करोडको तुलनामा ९ अर्ब ५७ करोडले बढी हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलका अनुसार स्वास्थ्य क्षेत्रमा क्रियाशील दातृ निकायको योगदानमा कमी आएपछि बढ्दो चुनौतीलाई सम्बोधन गर्न बजेटमा वृद्धि गरिएको हो।

विशिष्टिकृत सेवा सातै प्रदेशमा

बजेटले सातै प्रदेशमा विशिष्टिकृत उपचार सेवा विस्तार गर्ने योजना समेटेको छ। यसअन्तर्गत जलन उपचार, क्यान्सर, मुटु रोग र मृगौला उपचार सेवाहरूलाई सघन बनाउने योजना रहेको छ। यसले संघीय राजधानीमै उपचारका लागि धाउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमामा सुधार

स्वास्थ्य बीमा कार्यक्रममा थप बजेट विनियोजन गरिएको छ भने पुरानो बक्यौता पनि भुक्तानी गरिनेछ। अब सरकारी सामाजिक सुरक्षा कार्यक्रम पनि बीमा कार्यक्रमभित्र समेटिनेछ। बीमितको सुविधा थैली रकम वृद्धि गरिने र खर्च नभएको रकम आगामी वर्षमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

रोग निरोधात्मक कार्यक्रम

नयाँ बजेटले नसर्ने रोग, पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर सञ्चालनको व्यवस्था गरेको छ। एचपीभी खोप अभियानलाई निरन्तरता दिइनेछ। १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार कार्यक्रम पनि बजेटमा समेटिएको छ।

आधारभूत अस्पताल र क्षेत्रीय केन्द्रहरूको विकास

आधारभूत अस्पताल निर्माणका लागि ११ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ। काठमाडौंमा न्यूरो साइन्स केन्द्र, मधेशमा दुर्गानन्द झा मृगौला केन्द्र स्थापना गर्ने योजना बजेटमा समावेश गरिएको छ। वीर अस्पताल, कान्ति अस्पताल र परोपकार प्रसुती अस्पतालको पूर्वाधार विस्तारका लागि समेत रकम छुट्याइएको छ।

मानसिक स्वास्थ्य र अटिजमसम्बन्धी सेवा विस्तार

बजेटमा अटिजम तथा बौद्धिक अपांगताका लागि सेवा विस्तार, संघीय अस्पतालमा मानसिक स्वास्थ्य सेवा आरम्भ गर्ने योजना समावेश गरिएको छ। यो पहिलो पटक सरकारी स्तरमा मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिइएको हो।

आयुर्वेद र जनसंख्या व्यवस्थापन

नागरिक आरोग्य कार्यक्रमअन्तर्गत सबै तहमा आयुर्वेद सेवा प्रवर्द्धन गरिनेछ। बुढानिलकण्ठमा निर्माण सम्पन्न पञ्चकर्म योग सेवा केन्द्रमा जनशक्ति र पूर्वाधारको व्यवस्था गरिनेछ।

ऋणात्मक जनसंख्या वृद्धिदर र बसाइँसराइ नियन्त्रण गर्न लक्षित कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।

क्यान्सर वृद्धि रोक्न कर नीतिमा परिवर्तन

क्यान्सर बढाउने सुर्तीजन्य पदार्थ र मदिरामा कर वृद्धि गरिएको छ। अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयको सिफारिसमा जोखिम करको दायरा विस्तार गरेको छ।

स्वास्थ्य मन्त्रालयको यस वर्षको बजेटले रोगको उपचार मात्र नभई पूर्वसावधानी, बीमा सुदृढीकरण, पूर्वाधार विस्तार र जनचेतना अभिवृद्धिलाई समेत उच्च प्राथमिकतामा राखेको देखिन्छ।

एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा चार वटा मन्त्रालयलाई एक खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। बिहीबार प्रस्तुत बजेट विवरणअनुसार सबैभन्दा ठूलो बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको हो।

शिक्षा मन्त्रालयका लागि कुल २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट शिक्षक तथा कर्मचारीको तलब, विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, शैक्षिक सुधार तथा विभिन्न शैक्षिक संस्थानहरूको खर्चमा प्रयोग गरिनेछ।

त्यसपछिको ठूलो बजेट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाएको छ। मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याइएको छ, जसले देशभरका सडक, पुल, यातायात र अन्य पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू कार्यान्वयनमा सघाउनेछ।

सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ छुट्याइएको छ। यो बजेट सहरी योजनाको विस्तार, सहरको व्यवस्थापन र विकास निर्माणमा केन्द्रित हुने बताइएको छ।

यसैगरी, गृह मन्त्रालयले २ खर्ब ८ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गरेको छ। मन्त्रालयको यो बजेट सुरक्षा व्यवस्थापन, प्रहरी तथा प्रशासनिक सेवा सञ्चालन, आपतकालीन सेवा, सिमा सुरक्षा लगायतका गतिविधिका लागि खर्च गरिनेछ।

चार वटै मन्त्रालयलाई एक खर्बभन्दा बढी बजेट विनियोजन गरिनुले सरकारको प्राथमिकता शिक्षादेखि पूर्वाधार र सुरक्षा क्षेत्रमा केन्द्रीत रहेको संकेत गरेको छ।

आइतबार सेयर बजार बन्द हुने

आगामी आइतबार (जेठ १८ गते), जुन १ मा भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने भएको छ। नेप्सेले सार्वजनिक सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने जानकारी गराएको छ। अब सेयर बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजेबाट पुनः सञ्चालनमा आउनेछ।

ओम मेगाश्री फर्मास्युटिकल्सको ९औं वार्षिक साधारण सभा असार ६ गते, बुक क्लोज जेठ २० गते

चितवन । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आगामी असार ६ गते ९औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको जेठ ६ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

सभा चितवनको भरतपुर महानगरपालिका–२१, जुगेडीस्थित उद्योग परिसरमा बिहान ११ बजेबाट सुरु हुने छ ।

सभामा निम्न प्रस्तावहरू प्रस्तुत हुनेछन्:

  • कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन
  • सञ्चालकहरूको पारिश्रमिक, बैठक भत्ता तथा अन्य सुविधा निर्धारण
  • सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन
  • आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन
  • लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित
  • आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
  • सञ्चालक समितिको पुनर्गठन

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनीको यो सभा मार्फत भविष्यको रणनीति र संचालनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको ४२% हकप्रद सेयर निष्कासन, बुक क्लोज मिति जेठ १६ गते

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति यही जेठ १६ गते तोकेको छ ।

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बुक क्लोज मितिअघि अर्थात् जेठ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन् ।

कम्पनीले १ः०.४२ अनुपातमा रु. १०० अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । यसअन्तर्गत, प्रत्येक १०० कित्ता सेयरको लागि ४२ कित्ता हकप्रद सेयर खरिद गर्न पाइनेछ ।

नेपाल धितोपत्र बोर्डले गत वैशाख २६ गते कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ ।

कम्पनीको यो कदमले पूँजी वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति, आरबीबी मर्चेन्ट बिक्री प्रबन्धकमा

काठमाडौं, [२०८२ जेठ ७] – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले आज (मंगलबार) बोर्डबाट १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो।

कम्पनीले जारी पूँजीको १ बराबर १ को अनुपातमा कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबर हुने बताइएको छ।

यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ।

बरुण हाइड्रोपावरले यस सेयर निष्कासनबाट प्राप्त रकम आयोजना विस्तार, ऋण चुक्ता तथा अन्य प्रयोजनका लागि प्रयोग गर्ने योजना बनाएको छ।

कम्पनीले चाँडै हकप्रद सेयरको निष्कासन मिति तथा आवेदन प्रक्रिया सम्बन्धी थप विवरण सार्वजनिक गर्नेछ।

छ्याङदी हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने

छ्याङदी हाईड्रोपावरले यही जेठ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  

कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको.ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

हकप्रदमा आवेदन दिने अन्तिम मिति असार १२ गते निर्धारण गरिएको छ ।    

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

हिमालयन लाइफको ३.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख २७ हजार १०८.१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।