चितवन । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आगामी असार ६ गते ९औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको जेठ ६ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
सभा चितवनको भरतपुर महानगरपालिका–२१, जुगेडीस्थित उद्योग परिसरमा बिहान ११ बजेबाट सुरु हुने छ ।
सभामा निम्न प्रस्तावहरू प्रस्तुत हुनेछन्:
- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन
- सञ्चालकहरूको पारिश्रमिक, बैठक भत्ता तथा अन्य सुविधा निर्धारण
- सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन
- आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन
- लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित
- आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण
- सञ्चालक समितिको पुनर्गठन
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।
कम्पनीको यो सभा मार्फत भविष्यको रणनीति र संचालनमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।