काठमाडौं, [२०८२ जेठ ७] – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले आज (मंगलबार) बोर्डबाट १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो।
कम्पनीले जारी पूँजीको १ बराबर १ को अनुपातमा कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबर हुने बताइएको छ।
यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
बरुण हाइड्रोपावरले यस सेयर निष्कासनबाट प्राप्त रकम आयोजना विस्तार, ऋण चुक्ता तथा अन्य प्रयोजनका लागि प्रयोग गर्ने योजना बनाएको छ।
कम्पनीले चाँडै हकप्रद सेयरको निष्कासन मिति तथा आवेदन प्रक्रिया सम्बन्धी थप विवरण सार्वजनिक गर्नेछ।