24.6 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 279

लडाकु शिविरको खर्चमा भ्रस्टचार देखिए जेल जान तयार छु : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकुहरूको शिविरमा अर्बौं भ्रष्टाचार गरेको आरोप सत्यतामा आधारित नभएको बताएका छन् । यो बिषयमा छनबिन गर्न र दोशी देखिए कारबाही भोग्न र जेल जान समेत तयार रहेको बताएका छन ।

आज संसदमा भएको प्रश्नोत्तरमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ८ हजार ४६० जना पूर्व लडाकुका नाममा राज्यकोषबाट अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन गर्नुपर्ने माग गरेका छन ।

यसको जवाफ दिदै उनले कुनै अनियमितता नभएको बताएका छन । शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि भौतिक पूर्वाधार र रासनपानीको निम्ति भनेर राज्यबाट दिएको सबै रकमको अडिट गरेको बताएका छन । ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो’ उनले भने, ‘यसलाई राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा परेको छु ।’

उनले राजनीतिक सहमतिमा सबै घोटालाको छानबिन गर्न तयार भएको बताए ।

प्रश्न र उत्तरको पूर्णपाठ :

प्रश्न : भुटानी शरणार्थी केसमा तपाईंहरूले चालेको कदमप्रति हाम्रो साथ र समर्थन रहनेछ । साथसाथै सरकारी कर्मचारी, विशेष गरेर सुरक्षाकर्मी प्रहरीहरू ४ महिनादेखि तलब खान नपाएर उधारोमा काम गरिरहेका छन् । यो समस्या समाधान गर्न प्रधानमन्त्रीले के कदम, कहिले चाल्नुहुन्छ ?

अर्को प्रश्न , ८ हजार ४६० जना पूर्व लडाकुका नाममा अर्बौं रुपैयाँ राज्यकोषबाट गएको छ । तर ती ८ हजार ४६० जना को हुन् ? कहाँ छन् ? उनीहरूको नाम के हो ? यसको कहीं कतै रेकर्ड देखा परेको छैन । स्वयं प्रधानमन्त्रीज्यूको २०६४ मा एउटा भिडियो आयो, जसमा भन्नुभएको छ- हामी ७/८ हजार मात्र लडाकु हो, तर हामी ३५ हजार बनाउँछौं भन्नुभएको छ । स्वयं प्रधानमन्त्रीले फेक लडाकु भर्ती गरेको स्वीकार गर्नुभएको छ । त्यो ८ हजार ४६० जना लडाकुका नाममा ५ वर्षमा राज्यकोषबाट अर्बौं रुपैयाँ गएर व्यापक भ्रष्टाचार भयो भन्ने आरोप तपाईंलाई नै छ । यो आरोप अन्त्य गर्न संसदको विषय समिति गठन गरेर छानबिन गर्न तयार हुनुुहुन्छ ?

उत्तर : माननीय सदस्यलाई धन्यवाद भन्न चाहन्छु । तपाईले प्रसंगवश विगतका कुरा प्रष्ट पार्ने अवसर प्रदान गर्नुभएकोमा । पहिलो कुरा, पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने आरोपका निम्ति आरोप मात्र हो भन्ने कुरा म बडो जोड दिएर भन्न चाहन्छु ।

किनकि त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोनमेन्टको भौतिक पूर्वाधार र योद्धाहरूको रासनपानीको निम्ति भनेर राज्यबाट दिइरहेको रकम र त्यसको अडिट, त्यहाँ को–को थिए र क–कसले लिए भन्ने सबै रेकर्ड रहेको माननीय सदस्यलाई जनकारी गराउन चाहन्छु । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो । यसलाई राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा परेको छु ।

इतिहासको एउटा त्यस्तो परिघटना, जसले देशलाई शान्तिको नयाँ युगतिर ल्याउन मद्दत ग¥यो । इतिहासको त्यो संवेदनशील घडी, जतिबेला विभिन्न क्यान्टोनमेन्टमा हजारौं लडाकुहरू राखेर देशमा शान्ति, लोकतन्त्र र परिवर्तनलाई संस्थागत गर्न मद्दत ग¥यो र त्यो रकम जो राज्यबाट दिइयो; त्यसको अडिट भएर टुंगो लागिसकेको विषय पटक–पटक राजनीतिक आग्रहका रूपमा ल्याइएको छ भन्ने मेरो बुझाइ छ ।

यदि त्यस्तो केही छ, छानबिन गर्नुपर्छ भने मैले आफ्नो दलको घोषणापत्रमा २०४८ सालदेखिकै सबै घटना, उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनको सम्बन्धमा या विभिन्न समयमा उठेका भ्रष्टाचार सम्बन्धी सबै मुद्दाहरूमा छानबिन गर्न म तयार छु । हामी सबै राजनीतिक तहमा एउटा संकल्पका साथ सहमति गरेर जाँदा सबै चिज छानबिन गर्न सकिन्छ । देशमा सुशासन र भ्रष्टाचारबाट उन्मुक्तिको नयाँ युग सुरु गर्न सकिन्छ ।

म फेरि पनि माननीय सदस्यको यो प्रश्नको उत्तर दिंदै के भन्न चाहन्छु भने क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।

नेपाल रिपब्लिक मिडियाको आइपिओमा बेइमानी, घाटाको कम्पनीमा कागजी नाफा

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपिओ खुलेको छ तर लगानी गर्ने कि नगर्ने त ? कम्पनिको अवस्था कस्तो छ , सरसर्ती हेर्नुस्
५३ करोड घाटा ५१ करोड लगानी
हेर्नुस् कम्पनिको स्थापनादेखी अहिलेसम्मको नाफाघाटा स्थिती
१ ) यो कम्पनी सुरु भएको २०६५ सालदेखि आर्थिक वर्ष २०७६/७७ सालसम्म २७ करोड लगानी गरेको देखिन्छ।
त्यसमा ४१ करोडको घाटा भएको देखिन्छ ।

२) २०७६७७ सम्म २७ करोड लगानीमा ४१ करोडको घाटा भएसकेपस्चात तथ्याङ्क अनुसार, २०७७/७८ मा लगानी थपेर ३६ करोड पुर्‍याइयो। तर उक्त वर्ष समेत कूल ४६ करोड घाटा भयो ।

३)आर्थिक वर्ष २०७८/७९ मा फेरी लगानी थपेर ४६ करोड पुर्‍याइयो तर फेरी पनि घाटा बढेर कूल घाटा ५१ करोड पुगेको देखिन्छ ।

४) ततपस्चात आ ब २०७८/७९ सम्म ५१ करोड घाटामा गइसकेपछि चैत मसान्तसम्म लगानी थपेर ५३ करोड पुर्‍याइएको छ । कम्पनिले सार्वजनिक गरेको विवरण ( अपरिस्क्रित ) अनुसार घाटा ४७ करोडमा झर्ने आकलन गरिएको छ तर त्यसरी घाटा काम हुने विवरणलाई विस्वास गर्न सक्ने आधार र कारणहरु देखिन्दैन ।

नाफा पनि कागजी मात्र
नेगटिभ नेटवर्थ भएको कम्पनिलाई स्थिर सम्पतिको मूल्याङ्कन बढाएर कागजी रुपमा नाफा देखाइएको छ । २०७६/७७ मा ९ रुपैया नेगटिभ नेटवर्थ भएको कम्पनिमा जगेडा तथा कोषहरु हालसम्म नि नेगटिभ हुँदा स्थिर पुजिको मुल्याकन बढी देखाएर २०७८/७९ मा ८४ देखाइेको छ भने यो चालु आबमा ८६ हुने आकलन गरिएको छ ।स्थिर सम्पतिको मूल्याङ्कन भनेको जस्तै गाडी, कम्प्युटर जग्गाको आदी हो । यो देखाइएको विवरणलाई पनी विस्वास गर्ने कुनै यथोचित कारण तथा आधारहरु देखिन्दैन ।

देखाएको कागजी मुल्याङ्कनलाई नै आँखा चिम्लेरै बिवास गर्ने हो भने नि ८६ को नेतावर्थ भएको कम्पनिलाई १०० हाल्नु पर्ने छ ।

के गर्ने त ?
समग्रमा यो कम्पनीमा लगानी गर्नु उचित देखिन्दैन तर ट्रेडको लागि लिनुहुन्छ भने त्यो तपाईंको जिम्मा हो । यसरी कागजी मुल्याकन देखाएर आइपियो जारी गर्न आफ्नो प्रभाब देखाउने कम्पनिले आइपियो पछी बजारमा समेत चलखेल गरेर बजार मुल्य समेत १०० भन्दा माथि नै राख्ने ल्याकत राख्ला कि !

हेर्नुस् विवरणहरु

नेप्सेमा आज हरियाली , के होला अब बजार ?

नेप्सेमा आज हरियाली छाएको छ ।आज नेप्से २३ अङकले बढेको हो । आज नेप्से १.२९६ प्रतिसतले बढेर १८४५ को विन्दुमा कायम भएको छ ।

हिजो नेप्से परिसूचक ३ अंकले बढेको थियो । हिजो नेप्से ०.१८ प्रतिसतले बढेर १८२१ को विन्दुमा कायम भएको थियो ।
आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको तल्लो रेखालाई सपोर्ट बनाएर फर्किएको छ , जसको अर्थ बजारले बोलिङ्गर ब्यान्डलाई सपोर्ट बनाएर कम्तिमा मध्यबिन्दुसम्म माथि जान सक्ने देखिन्छ ।

एमएसिडि अझै सेल सिग्नल भ्यालिड रहेको छ । तर हिस्टोग्राम छोटाछोटा हुँदै गैरहेको छ जसले बजारमा पर्ख र हेरको निती लिनुपर्ने सन्केत गर्छ ।

आरएसआइ ४३ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकैबाट फर्किन खोजेको देखिन्छ। यसले पनि नो बाइ नो सेलको सङ्केत गर्दैछ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।


पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४२ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९७ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५९ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।
बजार यहाँबाट माथितिरै जानखोज्ने देखिन्छ तर लगानी गर्नु अघी सुक्ष्म अध्ययन गर्नु उचित देखिन्छ ।


नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला

नागरिक उन्मुक्ति पार्टीले गर्‍यो नेपाल बन्दको घोषणा

0

नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ ।

रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक माग गरेको छ ।

‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ’, वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्तिमार्फत भनेका छन् ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेर छानबिन गरिएको थियो ,त्यस आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

वरिष्ठ उपाध्यक्ष पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं ।’

रु. ११००ले सस्तियो सुन

0

नेपाली बजारमा बुधबार सुनको भाउ ११०० ले घटेको छ।

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम छ।

रेशम चौधरीले बोलाए नागरिक उन्मुक्तिका नेताहरूलाई जेलमा

0

डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै पार्टिका नेतालाई छलफलका लागि बोलाएका हुन ।

टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई जन्मकैद हुने उच्च अदालत दीपायलको फैसला हिजो सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले आफ्ना पार्टीका नेताहरूलाई कारागारमा बोलाएका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। मंगलबार सर्वोच्चले उच्च अदालतको फैसला सदर गरिदिएपछि उनी तत्काल जेलबाट निस्किने सम्भावना सकिएको छ।

रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मु्क्ति पार्टीले संसदमा ४ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। उनी रेशम चौधरीकी श्रीमती हुन्।

बिकेन घोराही सिमेन्टको प्रिमियम आईपीओ

भ्रामक तथ्याङ्कका आधारमा अस्भाविक प्रिमियम मूल्य राखेर प्राथमिक सेयर (आईपीओ) जारी गरेको घोराही सिमेन्टको आइपिओ नबिक्ने भएको छ । माग अनुसारअको आबेदन नपरेपछि आवेदनका लागि समय थपिएको छ ।

पचास पैसा प्रतिसेयर आम्दानी भएको घोराहिले ४३५ मुल्य राखी प्रिमियममा बेच्न खोजेको थियो । कम्पनीले १९ वैशाखदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकीसम्म माग अनुसार आवेदन नपरेपछि म्याद थप गरिएको हो ।

प्रतिकित्ता १०० रुपैयाँको सेयरमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्काशनमा ल्याएको थियो । यसअघी आर्थिक कागजले प्रकाशित बिश्लेषणमा ४३५ रुपैयामा घोराही किन्नु घातक हुने बताएको थियो ।

ऋण तिर्ने उदेश्यले जारी गरेको प्रिमियम आइपियोबाट चुक्ता पुजी जत्तीनै रकम सर्बसाधारणबाट उठाएर २० प्रतिशत सेयर सर्बसाधारणलाई दिन लागेको हो । यसको अर्थ सङ्स्थापक सेयरधनी र सर्बसाधारणले लगभग उत्तिनै लगानी गरेपनी सङ्स्थापक सेयरधनीसँग ८० प्रतिशत सेयर हुनेछ भने सर्बसाधारणसँग २० प्रतिसत सेयर हुनेछ ।

आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकी ५ बजेसम्म १४ हजार ३११ आवेदकले ६ लाख ८७ हजार ५०० कित्ता सेयरको लागि आवेदन दिएको सीडीएस एण्ड क्लियरीङ लिमिटेडको तथ्यांकले देखाउँछ । जसअनुसार ६७ हजार कित्ता भन्दा धेरै सेयर बिक्री भएन । स्थानीयलाई निष्काशन गरेको सेयर पनि बिक्री नभएपछि आवेदन दिने म्याद १७ जेठसम्म थप गरेको छ

यसअघिका आईपीओमा मागभन्दा धेरै गुणा बढी आवेदन परिरहेका बेला घोराही सिमेन्टले जारी गरेको आईपीओमा भने सर्बसाधारणलाई ठगी गर्ने हेतुले भ्रामक तथ्याक तथा जनतालाई गुम्राहमा राख्ने उदेश्य लुकेको कारण बिक्न सकेन ।

२ जेठसमम करिब ७० हजार कित्ता सेयरका लागि मात्रै आवेदन परेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीको सेयर बिक्री नभएपछि आवेदन दिने म्याद थप भएको हो ।

स्थानीयलाई निष्काशन गरेको सेयरमा उद्योग प्रभावित दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १, २, ३, १४, १५, १७, १८ र १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । यस्तै दाङको बंगलाचुली गाउँपालिका ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका ३ र ४ का बासिन्दाले उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिने सक्नेछन् ।

एनएमबि लघुवित्तको नाफा ८९.८०%ले घट्यो कारण खराब कर्जा

0

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड १५ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.८० प्रतिशतले कम हो।

संस्थाको सञ्चालन मुनाफा ९० प्रतिशतले घटेर १ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ भने संस्थाको खुद ब्याज आम्दानी पनि २५.८५ प्रतिशतले घटेर २५ करोड ९६ लाख रुपैयाँ भएको छ।

संस्थाको रिजर्भको आकार २८.०७ प्रतिशतले बढेर २२ करोड ७८ लाख रुपैयाँ भएको हो भने संस्थाको खराब कर्जा अनुपात बढेर ८.९७ प्रतिशत पुगेको छ।

संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १७.२० रुपैयाँबाट घटेर १.७५ रुपैयाँमा झरेको छ। पीई रेसियो ३३५.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६४.७३ रुपैयाँ रहेको छ।

नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकल दर्ता भयो

0

नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको छ।

नेपालमै उत्पादित सवारीसाधनको दर्ता प्रक्रियामा रहेको आयातका क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउनु नपर्ने भएसङ्गै यात्री मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको हो। यात्री बाइक लामो समयबाट कानुन अभाबमा दर्ता हुन सकेको थिएन ।

यसअघिको संघीय कानुन, यातायात तथा सवारी ऐन–२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको थियो । हाल यो निर्देशिकामा संशोधन भएर नेपालमै उत्पादित यात्री मोटरसाइकलको दर्ता सुरु भएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) बिल र अन्तःशुल्क निकासी फारमका आधारमा यात्री मोटरसाइकल दर्ता सुरु भएको हो ।
यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पी–१को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको छ । सन् २०२२ देखिनै यात्रीले व्यावसायिक रुपमा मोटरसाइकलन उत्पादन सुरु गरेको थियो। तर, दर्ता गर्न नपाउँदा केही महिनाअघि उत्पादन समेत बन्द भएको थियो। नेपालको उत्पादनले दर्ता नपाएपछी सरकारको समेत चर्को आलोचना भएको थियो ।

नेप्से सामान्य बढेपनि कारोबार घट्यो

0

सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दु कायम भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचक भने घटेको छ । नेप्सेमा भने ३.२९ अंकको सामान्य वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अनय उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका हुन ।

बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घटेको छ । आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम करिब ७३ करोडमा झरेको थियो । मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको हो । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भयो ।

आज नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको अवस्था छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर रहेको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

नेप्सेमा सूचीकृत भएर मंगलबारबाट मात्रै दोस्रो बजारमा कारोबार सुर भएको माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ । नेप्सेले तोकेको ओपनिङ रेञ्जको माथिल्लो सीमामा ओपनिङ कारोबार भएको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।