22.6 C
Nepal
Thursday, September 19, 2024

साबधान रहनुस् , घोराही सिमेन्टको आइपिओ किन्नुअघी हेर्नुस् यि कुरा नत्र फस्नुहोला नमज्जाले !

घोराही सिमेन्टले बैशाख १९ गतेबाट प्रिमियममा आइपीओ निस्कासन गर्दैछ । जसमा ३९७१९० कित्ता उध्योग प्रभाबित क्षेत्रलाई रु ४०० का दरले ७५४६६१ कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीलाई तथा बाँकी ५७९१९५० कित्ता सर्बसाधारणलाई गरी जम्मा ६९४३८०१ किता सेयर निस्कासन गर्न लागेको छ ।

हामी घोराही सिमेन्टको आधारभुत तथा केही प्राबिधिक पक्ष केलाउने प्रयास गर्दैछौ ।

घोराही सिमेन्टको प्रतिशेयर आम्दानी २०७६-७७ मा १. ८४ तथा  नेटवर्थ २१७.१२,  आ ब २०७७-७८ मा प्रतिशेयर आम्दानी १२.0 तथा नेटवर्थ २१८.७७ त्यस्तै  २०७८-७९ मा प्रतिशेयर आम्दानी  ६.८१ तथा  नेटवर्थ २२६.६१  रहेको छ भने २०७९-८० को पुष मसान्तसम्म प्रतिशेयर आम्दानी ०.५०, नेटवर्थ २२६.६१ रहेको छ  ।  

आगामी आबको अनुमानित प्रतिसेयर आम्दानी आब २०७९-८० को अनुमानित प्रतिसेयर आम्दानी ११.६५ ,अनुमानित प्रतिसेयर आम्दानी  आब २०८०-८१ को  १६.३३ र आ ब अनुमानित प्रतिसेयर आम्दानी २०८१-८२को २४.५८ रहन सक्ने प्रक्षेपण गरिएको छ ।

कम्पनिले १०० रुपैयाको शेयर प्रिमियम थपेर बेच्न लागेको छ प्रती सेयर रु १०० दरले उध्योग प्रभाबित क्षेत्रका लागि ३०० प्रिमियम थपी प्रतिशेयर रु ४०० अङ्कित मुल्य कायम गरिएको र सर्बसाधारणका लागि रु १०० प्रतिसेयरमा प्रतिसेयर ३३५ प्रिमिउम थपी रु ४३५ अङ्कित मुल्य कायम गरिएको छ ।

कम्पनिको ट्रेलिङ पिइ रेसियो कती ?

कम्पनिको मुल्यलाई इपिएसले भाग गर्दा पिइ रेसियो निस्किन्छ . यहाँ हामी कम्पनिको एक सेयर किन्न ४३५ रुपैया तिर्दैछु र कम्पनिको बिगत बर्षको  इपिएस ६.८१ ले भाग गर्दा ६३.८८ हुन्छ जुन ट्रेलिङ पिइ रेसियो हो . यसको अर्थ तपाईंले रु १ रिटर्नको लागि ६३.८८ तिर्नुपर्ने हुन्छ   ।     

प्राइस टु बुक रेसियो

यहाँ हामी आइपीओमा ४३५ लगाउदैछौ भने बुक भ्यालु लगभग २२६ छ, भनेपछी पिबी रेसियो १.९२ हुन्छ यस्को मतलब हामी यस् कम्पनिलाई नेटवर्थको १.९२ गुणा तिर्दैछौ ।

सर्बसाधारण सेयर रु ४३५ मा किन्दा के हुन्छ ?

आब २०७८-७९ मा प्रतिशेयर आम्दानी  ६.८१ लाई आधार मानौ । यहाँ रु १०० को लगानीमा ६.८१ रिटर्न पाउछ यसको अर्थ यदी कसैले सो सेयर ४३५ मा किन्छ भने उसले रु १०० को लगानिमा कती रिटर्न पाउछ भनेर हेर्दा यहाँ १०० को सेयरलाई ४३५ मा किनेको हुदा किन्नेसङ्ग १ कित्ता सेयर हुन्छ जसलाई ब्रेकडाउन गर्दा ६.८१ लाई ४.३५ ले भाग गर्दा १.५६ यानिकी १०० को लगानिमा उसले १.५६ %  प्रतिफल पाउछ । त्यस्तै २०७९-८० को अपरिस्क्रित ०.५० नै रहन्छ भन्ने मान्ने हो भने त झन सयको लगानिमा ०.११ रिटर्न पाउनेछ तर कम्पनिले प्रतिसेयर आम्दामी ११.६५ को अनुमान गरेको छ । यदी कम्पनिको प्रतिसेयर प्रक्षेपण गरेको आम्दानिलाई नै अन्तिम सत्य मान्दा पनि १०० को लगानिमा प्रतिफल २.६८ पाउने देखिन्छ ।

आइपिओ निस्कासनबाट प्राप्त रकम रिण तिर्न प्रयोग गरिने  ।

कती रकम रिण तिर्ने ?  – रु ३४१७९८९००० ,अक्षरेपी  ३ अरब ४१ करोड ७९ लाख ८९ हजार ।

कम्पनिको चुक्ता पुजी अल्पकालिन रिण र दिर्घकालिन रिण कती ?

सेयर चुक्ता पुजी –  ३१७७५२०५००, अक्षरेपी ३ अरब १७ करोड ७५ लाख २० हजार ५०० ।

दिर्घकालिन रिण –  ८८९९८०२०००, अक्षरेपी ८ अरब ८९ करोड ९८  लाख २ हजार ।

अल्पकालिन रिण –  २७३४३१०००० ,अक्षरेपी  २ अरब ७३ करोड ४३ लाख १० हजार ।

                                                                                     In thousands

निस्कर्षमा

समग्रमा हेर्दा घोराही सिमेन्टमा लगानी लङ टर्मको लागि सुरक्षित देखिन्दैन । अहिलेको ४३५को लगानी फेयर भ्यालुभन्दा बढी देखिन्छ । शिभम सिमेन्टको लगभग उस्तै नेटवर्थ रहेको, कम्पनी घोराहिको पिइ रेसियो भन्दा कम पिइ रेसियो रहेको तर इपिएस बढी रहेको सिभम सिमेन्टको हाल बजार मुल्य ४०५ रहेको छ । ट्रेडिङ पर्पोजको लागि किन्नु हुन्छ भने तपाईंको रिस्क लिन सक्नु हुन्छ तर लगानीको लागि उचित देखिन्दैन ।

लगानिको लागि समग्र पक्ष केलाउदा लगानी गर्न उपयुक्त देखिन्दैन 

यो बिचार  बिस्लेशण हो , तपाईंले लगानी गर्दा तपाईंको पैसा खर्च गर्नु हुने भएकोले तपाईं आँफै बिस्लेषण गर्नु होला । यसलाई बाइ सेलको रिकोमेन्डेसनको रुपमा नलिनुहोला । यसलाई अन्तिम सत्य नमान्नुहोला ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here