27.5 C
Nepal
Tuesday, September 17, 2024

बिकेन घोराही सिमेन्टको प्रिमियम आईपीओ

भ्रामक तथ्याङ्कका आधारमा अस्भाविक प्रिमियम मूल्य राखेर प्राथमिक सेयर (आईपीओ) जारी गरेको घोराही सिमेन्टको आइपिओ नबिक्ने भएको छ । माग अनुसारअको आबेदन नपरेपछि आवेदनका लागि समय थपिएको छ ।

पचास पैसा प्रतिसेयर आम्दानी भएको घोराहिले ४३५ मुल्य राखी प्रिमियममा बेच्न खोजेको थियो । कम्पनीले १९ वैशाखदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकीसम्म माग अनुसार आवेदन नपरेपछि म्याद थप गरिएको हो ।

प्रतिकित्ता १०० रुपैयाँको सेयरमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्काशनमा ल्याएको थियो । यसअघी आर्थिक कागजले प्रकाशित बिश्लेषणमा ४३५ रुपैयामा घोराही किन्नु घातक हुने बताएको थियो ।

ऋण तिर्ने उदेश्यले जारी गरेको प्रिमियम आइपियोबाट चुक्ता पुजी जत्तीनै रकम सर्बसाधारणबाट उठाएर २० प्रतिशत सेयर सर्बसाधारणलाई दिन लागेको हो । यसको अर्थ सङ्स्थापक सेयरधनी र सर्बसाधारणले लगभग उत्तिनै लगानी गरेपनी सङ्स्थापक सेयरधनीसँग ८० प्रतिशत सेयर हुनेछ भने सर्बसाधारणसँग २० प्रतिसत सेयर हुनेछ ।

आवेदन दिने अन्तिम दिन मंगलबार बेलुकी ५ बजेसम्म १४ हजार ३११ आवेदकले ६ लाख ८७ हजार ५०० कित्ता सेयरको लागि आवेदन दिएको सीडीएस एण्ड क्लियरीङ लिमिटेडको तथ्यांकले देखाउँछ । जसअनुसार ६७ हजार कित्ता भन्दा धेरै सेयर बिक्री भएन । स्थानीयलाई निष्काशन गरेको सेयर पनि बिक्री नभएपछि आवेदन दिने म्याद १७ जेठसम्म थप गरेको छ

यसअघिका आईपीओमा मागभन्दा धेरै गुणा बढी आवेदन परिरहेका बेला घोराही सिमेन्टले जारी गरेको आईपीओमा भने सर्बसाधारणलाई ठगी गर्ने हेतुले भ्रामक तथ्याक तथा जनतालाई गुम्राहमा राख्ने उदेश्य लुकेको कारण बिक्न सकेन ।

२ जेठसमम करिब ७० हजार कित्ता सेयरका लागि मात्रै आवेदन परेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीको सेयर बिक्री नभएपछि आवेदन दिने म्याद थप भएको हो ।

स्थानीयलाई निष्काशन गरेको सेयरमा उद्योग प्रभावित दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १, २, ३, १४, १५, १७, १८ र १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । यस्तै दाङको बंगलाचुली गाउँपालिका ३, ४ र रोल्पाको त्रिवेणी गाउँपालिका ३ र ४ का बासिन्दाले उद्योग प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिने सक्नेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here