23.1 C
Nepal
Wednesday, October 23, 2024

नेप्से सामान्य बढेपनि कारोबार घट्यो

सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दु कायम भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसूचक भने घटेको छ । नेप्सेमा भने ३.२९ अंकको सामान्य वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.११ प्रतिशत र अनय उपसूचक ०.८९ प्रतिशतले गिरावट भएको छ । यस्तै निर्जीवन बीमा उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.८१ प्रतिशतले बढेका हुन ।

बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने घटेको छ । आइतबार ९० करोड माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम करिब ७३ करोडमा झरेको थियो । मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको हो । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भयो ।

आज नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयरमूल्य बढेको अवस्था छ । त्यस्तै ६३ कम्पनीको सेयरमूल्य घट्दा १७ कम्पनीको स्थिर रहेको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।

नेप्सेमा सूचीकृत भएर मंगलबारबाट मात्रै दोस्रो बजारमा कारोबार सुर भएको माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएको छ । नेप्सेले तोकेको ओपनिङ रेञ्जको माथिल्लो सीमामा ओपनिङ कारोबार भएको कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here