34.7 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 266

राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

0

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा बोलाएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्नेछ।

सभाले मर्जर प्रयोजनका लागि तय भएको १ः१ सेयर स्वाप रेसियो पनि पारित गर्नेछ। मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले वार्षिक तथा लेखापरीक्षण रिपोर्ट स्वीकृत गर्नेछ भने चुक्तापुजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियवालिमा आवश्यक परिमार्जन गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको कारण असार ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

रिलायन्स फाइनान्सको लाभांश घोषणा

0

आर्थिक वर्ष २०७८–७९का लागि रिलायन्स फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको कुल ६.८४ प्रतिशतले हुन आउने ७ करोड २० लाख ४७ हजार ८०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ६.५ प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशतले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली हो : मन्त्री किराती

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नराम्रो काम नगर्न निर्देशन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिएको बताएका छन् ।
किरात राई समुदायले काठमाडौंको तीनकुनेमा आयोजना गरेको साकेला शिलि प्रर्दशन कार्यक्रममा उनले आफू सानो हुँदा आमाले र अहिले प्रधानमन्त्रीले नराम्रो काम नगर्न आग्रह गरेको बताए ।

‘मलाई आमाले सानोमा गलत काम नगर्नू भनेर अर्ती दिनुभएको छ । अहिले मन्त्री भएपछि सम्माननीय प्रधानमन्त्री तथा मेरो पार्टीका श्रद्धेय अध्यक्षले राम्रो काम गर्न अथक मेहेनत गर्नु नराम्रो गर्ने छुट छैन भनेर कडा निर्देशन दिनुभएको छ’ उनले भने ।

देश र जनतालाई धोका नदिँदा आफ्नो मन्त्री पदको सौदाबाजी भइरहेको भन्दै किरातीले भने, ‘हेक्का रहोस् म एकलब्बेको सन्तान हुँ शिर काटेर दिन तयार छु मन्त्री पद त मामुली कुरा हो । गलत अफवाहको खेती गरेर नहिँड्न मेरो अनुरोध छ ।’

पोखराको तापक्रम ३६ डिग्री, अहिलेसम्मकै उच्च

0

पोखराको तामक्रम शुक्रबार ३६ डिग्री सेल्सियस पुगेको छ । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ ।

सबै सिजनको हेर्दा पोखरामा अहिलेसम्मको सर्वाधिक तापक्रम सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो । सन् १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।

अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसक्ने भए पनि यस वर्ष अझै केही दिन पानी पर्ने सम्भावना छैन ।अझै ४-५ दिन पानी पर्ने सम्भाबना नरहेको एक मौसमबिदको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो

कालीकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

0

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

जिप सडकबाट १५० मिटर तल खसेको छ ।

दुर्घटना के कसरी भएको हो भन्नेबारे खुलेको छैन । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न,१०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष श्री सुभाष अमात्यज्यूको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । मिति २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो ।


साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री सुभाष अमात्यज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।


साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ । यि दुई कम्पनिबिच १ः१ शेयर अनुपातमा मर्जर हुने छ । साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।


यो साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट श्री शिक्षा भट्टचन, श्री मिजास भट्टचन, श्री श्याम कृष्ण श्रेष्ठ र श्री सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ?हेर्नुस् एक झलक

आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दश महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ ।

केन्द्रिय बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । आयात भने १६।८ प्रतिशतले घटेको निर्यात पनि २४.५ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे १० महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । रेमिट्यान्स २३.४ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति भने २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
प्रमुख झलक हेर्नुहाेस् :

  • वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।
  • आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ ।
  • शोधनान्तर स्थिति रु. २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.१४७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ ।
  • संघीय सरकारको खर्च रु.१०४७ अर्ब ७६ करोड र राजस्व परिचालन रु. ७५६ अर्ब २५ करोड रहेको छ ।
  • विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेको छ ।

रु. ८००ले बढ्यो सुनको भाउ

0

आज शुक्रबार सुनको भाउ उकालो लागेको छ।

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

आइएमई लाइफको आईपीओ विदेशमा रहेका श्रमिकले असार १ बाट भर्न पाउने

सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने छ ।

यस् कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६.९१ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनिले पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ र कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। त्यसपछी बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओ भने निष्कासन बन्द भने छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयपछि हुनेछ।

ब्यापार र निर्जिबन बिमा समुहमा उचाल आउदा नेप्से सामान्य अंकले बढ्यो

0

धितोपत्र कारोबार हुने साताको अन्तिम दिन सेयर बजारमा सामान्य अंकले बढेको छ।

आज बजार ७.२७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९३९.६१ को विन्दु कायम भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.०५ अंकले घटेर ३६४.४२ को विन्दुमा झरेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटा उपसमुह बढेको छ भने ४ वटा उपसमुह घटेको छ।

आज व्यापार समूह सर्वाधिक ५.५८ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ५.१६ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.९१ प्रतिशत, वित्त समूहमा १.११ प्रतिशत, लगानी समूहमा ०.७८ प्रतिशत, जीवन बीमा समूहमा १.४९ प्रतिशत, लघुवित्त समूहमा ०.०३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४६ प्रतिशत र अन्य समूह ०.४२ प्रतिशतको बढेको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.९३ प्रतिशतले घटेको छ। उत्पादन तथा प्रशोधन समूह ०.७८ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.७७ प्रतिशत र बैंकिङ समूहमा २६ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ५९ लाख ६२ हजार ९३ कित्ता सेयर २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३२ रुपैयाँमा किनबेच भएका छन्।

आज आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक १० करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ८ करोड ७० लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ८ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँ, सोल्टी होटेलको ७ करोड ५३ लाख रुपैयाँ, नागरिक लगानी कोषको ६ करोड ४७ लाख रुपैयाँ, साल्ट ट्रेडिङको ४ करोड ६० लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड २७ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको ३ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज दोल्ती पावर र भूगोल इनर्जीका सेयरधनीहरु मालामाल भए। आजैबाट दोस्रो बजारमा कारोबार खुलेको दोल्ती पावरको सेयरभाउमा १० प्रतिशत र भूगोल इनर्जीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको छ।

आज रिभर फल्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।