34.7 C
Nepal
Tuesday, April 21, 2026
Home Blog Page 265

सुनको मूल्य बढ्यो

0

आज मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावल सुन एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदी १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

क्रिकेट खेलमा पाकिस्तानसङ्ग नेपाल हार्यो

0

क्रिकेट खेलमा पाकिस्तानसङ्ग नेपाल हारेको छ । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन ।
ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।

नेपालका बलरहरूले भने राम्रो प्रदर्शन गरेका थिए । पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।

इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।

नेप्से सामान्य अङ्कले बृद्धी,होटल तथा पर्यटनमा सर्किट

0

सेयर बजार सोमबार पनि सामान्य अंकले उकालो लागेको छ।

बजार आज ७.७९ अंकले बढेको छ । नेप्से परिसूचक आज १९८७.८७ को विन्दु कायम भएको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ३७३.३५ को विन्दुमा पुगेको छ। aajako कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

आज होटेल तथा पर्यटन समूह सबै भन्दा धेरै १०.७८ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.०५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.५० प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्डमा ०.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत र व्यापार समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन सोल्टी होटेलको सर्वाधिक १५ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १० करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवश्री हाइड्रोपावरको ९ करोड ५८ लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँ, शिवम सिमेन्टको ६ करोड ८४ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५ करोड ८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ करोड ४ लाख रुपैयाँ, अपी पावरको ५ करोड ४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीहरुको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयरभाउमा १० प्रतिशत तथा भूगोल इनर्जी, सिटी होटेल र चन्द्रागिरी हिल्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो।

यो दिन सगरमाथा जलविद्युत, युनाइटेड इदी मर्दी, सुपर माई हाइड्रोपावर र समता घरेलु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी सबैको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

मालपोतका खरिदारबिरुद्ध १५ हजार रूपैयाँ घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहामाथि घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोगका अनुसार जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट टोली खटेर उनीहरुलाई पक्राउ गरेको थियो ।

१५ हजार बिगो कायम गरी उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सिद्धार्थ बैंकको ऋणी माथि अत्याचार,किस्ता समयमै तिर्दा पनि काट्छ पेनाल्टी-तपाइ पनि साबधान रहनुहोस्

नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको नियम नमानेको पाईएको छ । सिद्धार्थ बैंकले ग्राहकले समयमै किस्ता तिर्दा पनि ऋणीबाट पेनाल्टी काटिरहेको पाइएको छ।


सिद्धार्थ बैंकले यस्तो आर्थिक अवस्था खराब भएको बेला समेत समयमै किस्ता तिर्ने असल ग्राहकबाट समेत पेनाल्टी लिईरहेको पाइेको छ । यसै पनि यो समय ब्यापारी , ब्यबसायी तथा सर्बसाधारण जो कसैलाई आफुले लिएको ऋण तिर्न हम्मेहम्मे भईरहेको छ । यस्तो परिस्थितीमा समेत असल ऋणिले नियमित समयमै रकम तिर्छन तर सिद्धार्थ बैंकले तिनिहरुबाट समेत पेनाल्टी लिने गरेको पाईएको छ ।


नेपाल रास्ट्र बैंकले २०७९ साल फाल्गुन १२ गते जारी गरेको सर्कुलरमा असल ऋणीलाई भाखा नाघेको ३० दिनभित्र सम्म ऋण बुझाउदा पेनाल लिन नपाईने भनेको छ । सर्कुलरमा भनिएको छ ” ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको सावा -ब्याज दाहित्व भाखा नाघेको ३० दिन भित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाईने छैन । यो ब्यबस्था २०८० जेठ मसान्तसम्म भुक्तानिको भाखा रहेको सावा – ब्याजमा मात्र लागु हुनेछ ” तर अचम्मको कुरा त के छ भने यसरी भाखा नाघेका लाई त परै जाओस, समयमै किस्ता तिरिरहेका असल ग्राहकबाट समेत पेनाल शिर्षकमा सिद्धार्थ बैंकले रकम काटिरहेको हामीले पाएका छौ ।


एक ऋणीले हामीलाई देखाएको रिपोर्ट अनुसार ऋणीले नियमित तिर्नु पर्ने किस्ता प्रत्यक महिनाको दश तारिकमा हो । किस्ता दश तारिखमै तिरीएको छ तर बैंकले दस तारिखमै पैसा तिर्दा समेत पेनाल काटिरहेको छ ।


हामीले यस बिषयमा सिद्धार्थ बैंक कर्पोरेट कार्यालयमा फोन गरेर यस बिसयमा के भएको हो भनी बुझ्ने प्रयास गर्यौ तर हामीलाई जवाफ आयो कि हामी यो बिसय हेर्दैनौ हात्तीसारले ऋण बारे सम्पुर्ण कुरा हेर्छ भन्दै हातिसारको दुइओटा नम्बर दिईयो ।

हामीले दुबै नम्बरमा कल गर्यौ । एउटा धेरैबेर ब्यस्त देखायो तर अर्को नम्बरमा फोन लाग्यो र यो बिषय राखेर के कसो भएको हो भनेर सोध्यौ त्यहाबाट त्यस्तो नहुने भन्दै खातावालाको विवरण दिदा चाँही आफुले के भएको हो भन्न सक्छौ भनेर ऋणीको विवरण र खता नम्बर मागियो तर हामिले यसरी हामी विवरण दिन सक्दैनौ के भएको हो भनिदिनुस भन्दा ऋणीको विवरण नपाई आफुले सबै भन्न् नसक्ने बताइयो तर यो उत्तरबाट हामीलाई चित्त नबुझी सिद्धार्थ बैंकको सिईओसँग कुरा गर्न खोज्दा उहासँग संपर्क स्थापित भएन र सिईओको असिस्टेन्ससँग यो बिषय राख्यौ .

तर उहाले आफुलाई यस बिषयमा थाहा नहुने भन्दै र यो कुरा लोन डीपार्टमा हुने भन्दै लोन डीपार्टमा फोन ट्रान्स्फर गरिदिन्छु भन्नु भयो र हामिले फोन ट्रास्फर भएसी कुरा गर्दा उहा आफुलाई थाहा नहुने र सो कुरा बुझ्न हातिसार कुरा गर्नुस् भन्दै हात्तीसारको नम्बर भनियो । हामिलाई नै यसरि गोलगोल घुमाउन खोजेपछी हामीले हात्तीसार कुरा गरिसक्यौ भनेर फोन राख्यौ ।

ऋणी भने आफु नियमित समयमै किस्ता तिर्दापनी आफुलाई पेनाल लगाइ खराब ऋणी देखाउन खोजिएको भन्दै चिन्तित देखिन्थे । हुन पनि निज ऋणीले प्रत्यक महिना समयमै १० तारिखमै किस्ता तिर्दा पनि लगातार दुई महिना पेनाल लिएको हामीले पायौ ।

बैंकले यसरी नै सानो रकम प्रत्यक महिना ग्राहकको खाताबाट थोरै रकम काट्ने तर ग्राहकले सानो रकम भनेर छोडिदिने तर लाखौं ग्राहकबाट यसरी उठाएर बैंकले लाखौं,करोडौ आम्दानी त गरिरहेको त छैन ? भन्ने प्रश्न उठेको छ , सम्वन्धित निकायको समयमै ध्यान जाओस ।

बजेटमा राजस्व वृद्धिदरबारे त्रुटि भएको अर्थमन्त्रीको स्वीकार, सच्याउने प्रतिवद्धता

0

बजेटबारे उठेका प्रश्नको उत्तर दिदै अर्थमन्त्रीले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्य स्वीकार गरेका छन् । यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउने उनले बताएका छन् ।

उनले भने, ‘चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलनको यथार्थ विवरण शीर्षकगत आउँछ, समग्रमा मूल्याङ्‍कन गरी हरेक शीर्षक, उपशीर्षकमा सोही दरले यथार्थपरक रुपमा मिलाउँछौं ।’

बजेटले लिएको नीतिगत सुधारका आधारमा तोकिएको लक्ष्य २४ ।३७ प्रतिशतको प्राप्तिमा सरकार निरन्तर लाग्ने भन्दै उनले यो लक्ष प्राप्त गर्नेमा सरकार ढुक्क रहेको बताए । करलाई वैज्ञानिक बनाइएको, आधार बढाएको, र्‍यासनलाइज गरेको भन्दै यसले लक्ष्य भेटाउने उनले तर्क गरे । एउटै दरको वृद्धिदरको विषयमा उनले भने, ‘एउटै वृद्धिदर पर्न गएछ ।’

भुटानले हजारौं ट्रक निर्यात गर्छ, हामी पनि ढुङ्गमाटो निर्यात गर्नेछौ: अर्थमन्त्री

अर्थमन्त्री डा । प्रकाशशरण महतले नेपालको ढुंगामाटो निर्यातबारे बिरोध भएपछी त्यस विषयबारे बचाउ गरेका छन् । उनले बजेटमा चुरे भत्काउने नभनेको भन्दै कहाँ उपयुक्त ठाउँ छ, त्यसको पहिचान गर्न सकिन्छ मात्र भनेको बताए ।

सम्भावनातर्फ इंकित गरेको भन्दै उनले भने, ‘भुटानले हजारौं ट्रक ढुंगा बंगलादेशमा निर्यात गर्छ, अष्ट्रेलियाले विशाल खाल्डो कोइला निकाल्छ, उनीहरु वातावरणप्रति बेखबर, हामी मात्र वातावरण विगार्ने कसरी भयौं ?’

वातावरण नबिगारी सम्भावनाको खोजी गरिनेछ उनले भनेका छ । फलामलगायत अन्य खनिज पदार्थकै रुपमा माटो ढुंगालाई पनि लिनु पर्ने उनले बताए ।

अर्थमन्त्री भन्छन सांसदको खल्तीमा ५ करोड जादैन

0

अर्थमन्त्री डा । प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बिरोध भएपछी बचाउ गरेका छन् । यो कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने भन्दै उनले यसमा आत्तिनु पर्दैन उनले भने ।

आगामी आर्थिक वर्ष २०८०८१ का लागि विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले बजेटको महत्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको बताए । प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोट बजेट विनियोजन गरेका उनले भने, ‘यो रकम माननीयहरुको खल्तीमा जाने होइन ।’

सांसदहरुको सिफारिसमा बढीमा ५ वटा योजनामा रकम खर्च गर्ने र त्यसको ठेक्का सम्बन्धित मन्त्रालयले लगाउने उनले बताए । ‘माननीय ज्यूहरुले सिफारिस पनि गर्न नहुने जायज छैन’, अर्थमन्त्री डा । महतले अघि भने, ‘जनताको अपेक्षा धेरै छ, सांसदहरुलाई ल मेकरका रुपमा मात्र जनताले बुझेका छैनन्, सुखदुःखमा सम्बोधन गरिदिओस् । त्यसकारण सिफारिस जायज छ ।’

निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरुलाई भेदभाव नगरिएको उनले बताए । समानुपातिक, प्रत्यक्ष र राष्ट्रिय सभाका सदस्य सबै मिलेर योजना सिफारिस गर्ने गरी कार्यविधि बनाउने पनि जानकारी दिए ।

यदि कुनै निर्वाचन क्षेत्रका सांसदहरुले यो रकम नलिने हो भने रकमान्तर भएर पुँजीगत खर्चका रुपमा उपयोग गर्ने अर्थमन्त्री डा. महतले बताए

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको बिहीबार संसदीय सुनुवाइ हुने

0

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।

आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री किसानमारा : व्यवसायी

0

अर्थमन्त्री डा महतले आलु र प्याजमा भ्याट लगाएपछी त्यसको चौतर्फी बिरोध भईरहेको छ । आलु था प्याज आयात निर्यात थोक बिक्री संघले उक्त कदमलाई आत्मघाती तथा किसान मारा कामको सङ्घ्या दिरएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको जनाएको हो ।

बजेटले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले भने, ‘आयातको विवरणको अंक मात्रै हेरेर विना अध्ययन गरिएको भ्याटको व्यवस्था अर्थमन्त्रीको आत्मघाती निर्णय हो । यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने, उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।’

अध्यक्ष बानियाँले थपे, ‘सरकारको नीतिपछि व्यवसाय बचाउन हामी हारगुहार गरिरहेका छौं । आलु प्याज आयात गर्न र भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न सकेका छैनौं ।’

आलु प्याज व्यवसायमा परम्परागत रुपमा व्यक्तिगत लेखा नम्बरमा आधारित भएर कारोबार गरिरहेकामा एकाएक आएको भ्याटको प्रावधानले आयातमा समस्या सृजना भएको बानियाँको भनाइ छ ।

आलु र प्याज जस्तो हरेक पटकको खरिदमा १५ प्रतिशत नास हुने वस्तुमा अध्ययन विनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । ‘सरकारलाई वार्षिक करोडौं राजश्व तिर्नेलाई व्यवसायबाट हात धुने बनाएर सरकारको राजश्व बढ्छ की घट्छ ?’ उनले प्रश्न गरे, ‘यो गलत भइरहेको छ । उपभोक्ताबाट सरकारलाई भ्याट उठाउन समेत नसक्ने अवस्था हामीले बताए पछि उहाँहरुले बुझ्नु पर्दैन समस्या कहाँ छ ? अध्ययन गर्नु पर्दैन ?’ अध्यक्ष बानियाँले आलु र प्याजमा भ्याट लगाउने निर्णयबाट निसर्त पछाडि फर्कन अर्थमन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तुमा अनावश्यक बखेडा झिकेर बजार मार्केटलाई उल्टो दिसामा हिडाउन खोजेको आरोप लगाए ।

नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनको आरोप छ । ‘हामी सयौंको संख्यामा रहेका स्थायी व्यवसायीलाई पेलेर आलु प्याज आयात गर्न नसक्ने अवस्थामा पुर्याइयो, हामीले व्यापारमा क्षति देखेपछि आयात गर्न नसकेकै हो,’ गजुरेलले भने, ‘अहिले बजारमा मूल्य कहाँबाट कहाँ पुग्यो, उपभोक्ता मारमा परे यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

बजारमा आलु प्याज अभावमा आफूहरुलाई दोष थोपरिएको भन्दै उनले त्यसको खण्डन पनि गरे । ‘हामीले नियमित गरिरहेको काममा सरकारले भाँजो हाल्यो । लौन यसो नगरम् भन्दै व्यवसाय बचाउन हिँड्नुपरेको छ । अहिले बजारमा भएको अराजकताको जिम्मा सरकारले लिनुपर्छ ।’

संघका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठले दिन प्रतिदिन आलु प्याजको बजार बिग्रिरहेको भन्दै थप संकट रोक्न सरकारसँग माग गरे ।