22.6 C
Nepal
Thursday, September 19, 2024

बजेटमा राजस्व वृद्धिदरबारे त्रुटि भएको अर्थमन्त्रीको स्वीकार, सच्याउने प्रतिवद्धता

बजेटबारे उठेका प्रश्नको उत्तर दिदै अर्थमन्त्रीले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्य स्वीकार गरेका छन् । यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउने उनले बताएका छन् ।

उनले भने, ‘चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलनको यथार्थ विवरण शीर्षकगत आउँछ, समग्रमा मूल्याङ्‍कन गरी हरेक शीर्षक, उपशीर्षकमा सोही दरले यथार्थपरक रुपमा मिलाउँछौं ।’

बजेटले लिएको नीतिगत सुधारका आधारमा तोकिएको लक्ष्य २४ ।३७ प्रतिशतको प्राप्तिमा सरकार निरन्तर लाग्ने भन्दै उनले यो लक्ष प्राप्त गर्नेमा सरकार ढुक्क रहेको बताए । करलाई वैज्ञानिक बनाइएको, आधार बढाएको, र्‍यासनलाइज गरेको भन्दै यसले लक्ष्य भेटाउने उनले तर्क गरे । एउटै दरको वृद्धिदरको विषयमा उनले भने, ‘एउटै वृद्धिदर पर्न गएछ ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here