14.8 C
Nepal
Thursday, October 24, 2024

सिद्धार्थ बैंकको ऋणी माथि अत्याचार,किस्ता समयमै तिर्दा पनि काट्छ पेनाल्टी-तपाइ पनि साबधान रहनुहोस्

नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको नियम नमानेको पाईएको छ । सिद्धार्थ बैंकले ग्राहकले समयमै किस्ता तिर्दा पनि ऋणीबाट पेनाल्टी काटिरहेको पाइएको छ।


सिद्धार्थ बैंकले यस्तो आर्थिक अवस्था खराब भएको बेला समेत समयमै किस्ता तिर्ने असल ग्राहकबाट समेत पेनाल्टी लिईरहेको पाइेको छ । यसै पनि यो समय ब्यापारी , ब्यबसायी तथा सर्बसाधारण जो कसैलाई आफुले लिएको ऋण तिर्न हम्मेहम्मे भईरहेको छ । यस्तो परिस्थितीमा समेत असल ऋणिले नियमित समयमै रकम तिर्छन तर सिद्धार्थ बैंकले तिनिहरुबाट समेत पेनाल्टी लिने गरेको पाईएको छ ।


नेपाल रास्ट्र बैंकले २०७९ साल फाल्गुन १२ गते जारी गरेको सर्कुलरमा असल ऋणीलाई भाखा नाघेको ३० दिनभित्र सम्म ऋण बुझाउदा पेनाल लिन नपाईने भनेको छ । सर्कुलरमा भनिएको छ ” ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको सावा -ब्याज दाहित्व भाखा नाघेको ३० दिन भित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाईने छैन । यो ब्यबस्था २०८० जेठ मसान्तसम्म भुक्तानिको भाखा रहेको सावा – ब्याजमा मात्र लागु हुनेछ ” तर अचम्मको कुरा त के छ भने यसरी भाखा नाघेका लाई त परै जाओस, समयमै किस्ता तिरिरहेका असल ग्राहकबाट समेत पेनाल शिर्षकमा सिद्धार्थ बैंकले रकम काटिरहेको हामीले पाएका छौ ।


एक ऋणीले हामीलाई देखाएको रिपोर्ट अनुसार ऋणीले नियमित तिर्नु पर्ने किस्ता प्रत्यक महिनाको दश तारिकमा हो । किस्ता दश तारिखमै तिरीएको छ तर बैंकले दस तारिखमै पैसा तिर्दा समेत पेनाल काटिरहेको छ ।


हामीले यस बिषयमा सिद्धार्थ बैंक कर्पोरेट कार्यालयमा फोन गरेर यस बिसयमा के भएको हो भनी बुझ्ने प्रयास गर्यौ तर हामीलाई जवाफ आयो कि हामी यो बिसय हेर्दैनौ हात्तीसारले ऋण बारे सम्पुर्ण कुरा हेर्छ भन्दै हातिसारको दुइओटा नम्बर दिईयो ।

हामीले दुबै नम्बरमा कल गर्यौ । एउटा धेरैबेर ब्यस्त देखायो तर अर्को नम्बरमा फोन लाग्यो र यो बिषय राखेर के कसो भएको हो भनेर सोध्यौ त्यहाबाट त्यस्तो नहुने भन्दै खातावालाको विवरण दिदा चाँही आफुले के भएको हो भन्न सक्छौ भनेर ऋणीको विवरण र खता नम्बर मागियो तर हामिले यसरी हामी विवरण दिन सक्दैनौ के भएको हो भनिदिनुस भन्दा ऋणीको विवरण नपाई आफुले सबै भन्न् नसक्ने बताइयो तर यो उत्तरबाट हामीलाई चित्त नबुझी सिद्धार्थ बैंकको सिईओसँग कुरा गर्न खोज्दा उहासँग संपर्क स्थापित भएन र सिईओको असिस्टेन्ससँग यो बिषय राख्यौ .

तर उहाले आफुलाई यस बिषयमा थाहा नहुने भन्दै र यो कुरा लोन डीपार्टमा हुने भन्दै लोन डीपार्टमा फोन ट्रान्स्फर गरिदिन्छु भन्नु भयो र हामिले फोन ट्रास्फर भएसी कुरा गर्दा उहा आफुलाई थाहा नहुने र सो कुरा बुझ्न हातिसार कुरा गर्नुस् भन्दै हात्तीसारको नम्बर भनियो । हामिलाई नै यसरि गोलगोल घुमाउन खोजेपछी हामीले हात्तीसार कुरा गरिसक्यौ भनेर फोन राख्यौ ।

ऋणी भने आफु नियमित समयमै किस्ता तिर्दापनी आफुलाई पेनाल लगाइ खराब ऋणी देखाउन खोजिएको भन्दै चिन्तित देखिन्थे । हुन पनि निज ऋणीले प्रत्यक महिना समयमै १० तारिखमै किस्ता तिर्दा पनि लगातार दुई महिना पेनाल लिएको हामीले पायौ ।

बैंकले यसरी नै सानो रकम प्रत्यक महिना ग्राहकको खाताबाट थोरै रकम काट्ने तर ग्राहकले सानो रकम भनेर छोडिदिने तर लाखौं ग्राहकबाट यसरी उठाएर बैंकले लाखौं,करोडौ आम्दानी त गरिरहेको त छैन ? भन्ने प्रश्न उठेको छ , सम्वन्धित निकायको समयमै ध्यान जाओस ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here