14.8 C
Nepal
Thursday, October 24, 2024

क्रिकेट खेलमा पाकिस्तानसङ्ग नेपाल हार्यो

क्रिकेट खेलमा पाकिस्तानसङ्ग नेपाल हारेको छ । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

नेपालका २ जना बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन ।
ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।

नेपालका बलरहरूले भने राम्रो प्रदर्शन गरेका थिए । पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २/२ विकेट लिए ।

इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

२० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here