19 C
Nepal
Monday, January 13, 2025

अर्थमन्त्री भन्छन सांसदको खल्तीमा ५ करोड जादैन

अर्थमन्त्री डा । प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बिरोध भएपछी बचाउ गरेका छन् । यो कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने भन्दै उनले यसमा आत्तिनु पर्दैन उनले भने ।

आगामी आर्थिक वर्ष २०८०८१ का लागि विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले बजेटको महत्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको बताए । प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोट बजेट विनियोजन गरेका उनले भने, ‘यो रकम माननीयहरुको खल्तीमा जाने होइन ।’

सांसदहरुको सिफारिसमा बढीमा ५ वटा योजनामा रकम खर्च गर्ने र त्यसको ठेक्का सम्बन्धित मन्त्रालयले लगाउने उनले बताए । ‘माननीय ज्यूहरुले सिफारिस पनि गर्न नहुने जायज छैन’, अर्थमन्त्री डा । महतले अघि भने, ‘जनताको अपेक्षा धेरै छ, सांसदहरुलाई ल मेकरका रुपमा मात्र जनताले बुझेका छैनन्, सुखदुःखमा सम्बोधन गरिदिओस् । त्यसकारण सिफारिस जायज छ ।’

निर्वाचन क्षेत्र विकास कार्यक्रममा सांसदहरुलाई भेदभाव नगरिएको उनले बताए । समानुपातिक, प्रत्यक्ष र राष्ट्रिय सभाका सदस्य सबै मिलेर योजना सिफारिस गर्ने गरी कार्यविधि बनाउने पनि जानकारी दिए ।

यदि कुनै निर्वाचन क्षेत्रका सांसदहरुले यो रकम नलिने हो भने रकमान्तर भएर पुँजीगत खर्चका रुपमा उपयोग गर्ने अर्थमन्त्री डा. महतले बताए

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here