14.8 C
Nepal
Thursday, October 24, 2024

पोखराको तापक्रम ३६ डिग्री, अहिलेसम्मकै उच्च

पोखराको तामक्रम शुक्रबार ३६ डिग्री सेल्सियस पुगेको छ । सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ ।

सबै सिजनको हेर्दा पोखरामा अहिलेसम्मको सर्वाधिक तापक्रम सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो । सन् १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।

अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसक्ने भए पनि यस वर्ष अझै केही दिन पानी पर्ने सम्भावना छैन ।अझै ४-५ दिन पानी पर्ने सम्भाबना नरहेको एक मौसमबिदको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here