14.8 C
Nepal
Thursday, October 24, 2024

देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ?हेर्नुस् एक झलक

आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दश महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ ।

केन्द्रिय बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । आयात भने १६।८ प्रतिशतले घटेको निर्यात पनि २४.५ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे १० महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । रेमिट्यान्स २३.४ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति भने २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
प्रमुख झलक हेर्नुहाेस् :

  • वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।
  • आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ ।
  • शोधनान्तर स्थिति रु. २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.१४७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ ।
  • संघीय सरकारको खर्च रु.१०४७ अर्ब ७६ करोड र राजस्व परिचालन रु. ७५६ अर्ब २५ करोड रहेको छ ।
  • विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेको छ ।
spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here