14.8 C
Nepal
Thursday, October 24, 2024

आइएमई लाइफको आईपीओ विदेशमा रहेका श्रमिकले असार १ बाट भर्न पाउने

सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने छ ।

यस् कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६.९१ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनिले पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ र कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। त्यसपछी बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओ भने निष्कासन बन्द भने छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयपछि हुनेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here