14.8 C
Nepal
Thursday, October 24, 2024

राष्ट्र उत्थान लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा बोलाएको छ।

संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल अरनिकोमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रयोजनका लागि हालसम्म भएको सहमति र सम्झौता पनि सभाले अनुमोदन गर्नेछ।

सभाले मर्जर प्रयोजनका लागि तय भएको १ः१ सेयर स्वाप रेसियो पनि पारित गर्नेछ। मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१३ साँगामा रहने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले वार्षिक तथा लेखापरीक्षण रिपोर्ट स्वीकृत गर्नेछ भने चुक्तापुजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियवालिमा आवश्यक परिमार्जन गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले असार ५ गते बुक क्लोज गर्ने निर्णय गरेको कारण असार ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here