22.6 C
Nepal
Wednesday, September 18, 2024

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न,१०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष श्री सुभाष अमात्यज्यूको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । मिति २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो ।


साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री सुभाष अमात्यज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।


साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ । यि दुई कम्पनिबिच १ः१ शेयर अनुपातमा मर्जर हुने छ । साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।


यो साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट श्री शिक्षा भट्टचन, श्री मिजास भट्टचन, श्री श्याम कृष्ण श्रेष्ठ र श्री सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here