29.5 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 256

आज राष्ट्र बैंकमा मौद्रिक नीतिका लागि राय-सुझाव पठाउने अन्तिम दिन

0

आज आगामी नेपाल राष्ट्र बैंकमा आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीतिका लागि राय–सुझाव पठाउने असार १० गते अन्तिम दिन रहेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।

राष्ट्र बैंकले गत जेठ २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको थियो। सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागमा पठाउन सक्नेछन्।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।

मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार उजुरी, मधेशका मात्र १८ हजार

0

सरकारले मिटरब्याज समस्याको समाधान गर्न गठन गरेको आयोगमा पीडितका २२ हजार वटा उजुरी परेका छन् ।

आयोगले शनिबार विज्ञप्ति जारी गरी मधेशका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) मा १७ हजार ८०० र पश्चिम नवलपरासीमा १ हजार ८८९ वटा उजुरी परेको जानकारी दिएको छ । त्यस्तै रुपन्देही र काठमाडौंमा ५-५ सय वटा उजुरी परेको छ ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि २० चैतमा गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । जनकपुरधाममा मुख्यालय रहेको आयोगले पीडितबाट उजुरी संकलन र मेलमिलाप गराउँदै आएको छ ।

अध्यक्ष कार्कीका अनुसार मिटरब्याजी साहु र पीडितबीच मेलमिलापलाई प्राथमिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी, सहायक सरकारी वकील र प्रहरी निरीक्षकसहितको कार्यदलमार्फत मिटरब्याजी र पीडितबीच मेलमिलाप गराइरहेको कार्कीले शनिबार विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

संसद बैठकमा बजेटबारे आज मन्त्रीहरूले जवाफ दिने

0

प्रतिनिधि सभा बैठकमा आज विनियोजन विधेक (बजेट)माथि उठेका प्रश्नको आज मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

बिहान १० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसैगरी आजकै बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

विश्वकप छनोटको लागि जित्नैपर्ने महत्वपूर्ण खेलमा नेपाल १६७ रनमै अलआउट

0

विश्वकप छनोटको लागि जित्नै पर्ने खेलमा नेपालले हार ब्यहोरेको छ । यस क्रिकेट खेलमामा नेदरल्याण्ड्सले नेपाललाई रनमै १६७ अलआउट गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुनै पनि जोडीले राम्रो साझेदारी प्रदर्सन गर्न सकेनन र, विकेट गुमाइरह्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ न बनाए । सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।

लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।

नयाँ गठबन्धनमा नयाँ सरकार बन्न सक्छ : गगन थापा

0

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानो गठबन्धन भत्केर नयाँ सरकार बन्न सक्ने सङ्केत गरेका छन । उनले यो कुनै नौलो कुरा नभएको बताएका छन् ।

काठमाडौंमा-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने बताएका हुन ।

‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ
भइराख्छ,’ उनले भने ।

उनले अहिले केही कम्युनिस्टहरू मिलेर समाजवादी मोर्चा बनाएको बताउँदै त्यसमा एमाले मिसिए पनि कांग्रेसलाई फरक नपर्ने बताए ।

उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको पनि बताए ।

उनले सरकार छोड्न परे पनि नडराइकन एक्ला एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने बताए ।

‘चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ,’ थापाले भने, ‘के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस ।’

नेपालले ८ विकेट गुमायो, गुल्सन झा १५ रनमा आउट

0

 विश्वकप छनोट खेलमा नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले आठौं विकेट पनि गुमाएको छ ।

आठौं विकेटको रुपमा नेपालका गुल्सन झा १५ रन बनाएर आउट भए । नेपालले ४१.२ ओभरमा ८ विकेट गुमार १५६ रन बनाएको छ । क्रिजमा सन्दीप लामिछाने र करण केसी छन् ।

थ्रीस्टार हाइड्रोपावरको आईपीओ अन्तिम दिनसम्म साढे १९ गुणाले ओभरसब्सक्राइब्ड

0

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म साढे १९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा असार ८ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।

कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणस छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

सीडीएससीका अनुसार यो आईपीओमा १० लाख ९२ हजार २८९ आवेदकबाट कुल १ करोड १९ लाख ८७ हजार ३०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १९.५५ गुणाले बढी हो।

बैंकमा पैसा फालाफाल भएपछी रिभर्स रिपो मार्फत पुनः २० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकमा तरलता बढी भएपछी रिभर्स रिपो मार्फत पुनः २० अर्ब रुपैयाँ तरलता तान्न लागेको छ । १० असारमा ७ दिन अवधिको रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँको तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बिहीबार मात्रै रिभर्स रिपो मार्फत १० अर्ब रुपैयाँ तरलता तानेको थियो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर लक्षित सीमामा नपुग्ने देखेपछी पुन तरलता तान्न लागेको छ । बुधबार रिपो मार्फत १० अर्ब तरलता खिच्दाको पारीणाम स्वरुप अन्तर बैंक ब्याजदर ३ प्रतिशत हाराहारी मात्रै आयो त्यसैले लक्षमा पुग्न थप तरलता खिच्न लागिएका राष्ट्र बैंकले जनाएको छ ।

१० अर्ब खिच्दा पनि अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तलै भएपनि पुनः आइतबार २० अर्ब खिच्न लागेको हो । ‘अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी विन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो बोलकबोल खुला हुने व्यवस्था मिलाइने छ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ । सोही अनुसार अन्तरबैंक ब्याजदर ५ प्रतिशत भन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्दै तरलता खिचेको हो ।

अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर नीतिगत दरको तुलनामा ३ प्रतिशत विन्दुभन्दा बढीले घट्न गएमा निक्षेप बोलकबोल खुला हुने पनि मौद्रिक नीतिमा उल्लेख थियो ।

बिहिबार भएको रिभर्स रिपो बोलकबोलमा ९ वटा बैंक तथा वित्तीय संस्थाको ५९ वटा प्रस्तावमा २६ अर्ब ३३ करोडको आवेदन दिएका थिए । उक्त रिभर्स रिपोको भारित औसत ब्याजदर ३.०१०९ प्रतिशत कायम भएको छ । अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.७३९९ प्रतिशत रहेको थियो ।

आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै, विश्वकपमा भाग लिन जित्नै पर्ने दबाब

0

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेदरल्याण्ड्ससँगको खेलमा नेपाल जित्नै पर्ने बाध्यताका साथ खेल्दैछ ।

जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ ।

विश्वकपमा भाग लिनाको लागि नेपालले यो खेल जित्नै पर्नेछ । तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँ खेल्न बाँकी ५ ।

समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २/२ खेलबाट चार/चार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरिका पाँचौ स्थानमा रहेका छ ।

राजेन्द्र पाण्डेले भने प्रधानमन्त्रीको सचिवालय हामीलाई चाहिदैन विघटन गरिदिए हुन्छ

0

सत्तारुढ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय विघटन गरे पनि हुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त रहेको बताए ।

संसदमा भएको ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एक जना सांसदले गरेको प्रश्नको जवाफ समेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको पाण्डेको भनाइ थियो ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ । अस्तव्यस्त छ भन्ने खालको कुरा आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिँदै गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ,’ उनले भने, ‘यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि । उहाँको सचिवालयले तयार गरिदिनु पर्थ्यो कि पर्दैन थियो ? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय ।’

प्रधानमन्त्री दाहालले आफूमा शक्ति केन्द्रित हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तरगत निकायहरुलाई कायमै राखेकोमा पनि उपाध्यक्ष पाण्डेले आपत्ति जनाए ।