विश्वकप छनोटको लागि जित्नै पर्ने खेलमा नेपालले हार ब्यहोरेको छ । यस क्रिकेट खेलमामा नेदरल्याण्ड्सले नेपाललाई रनमै १६७ अलआउट गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुनै पनि जोडीले राम्रो साझेदारी प्रदर्सन गर्न सकेनन र, विकेट गुमाइरह्यो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ न बनाए । सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।
लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।