15.6 C
Nepal
Saturday, October 26, 2024

आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै, विश्वकपमा भाग लिन जित्नै पर्ने दबाब

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेदरल्याण्ड्ससँगको खेलमा नेपाल जित्नै पर्ने बाध्यताका साथ खेल्दैछ ।

जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे हुने खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ ।

विश्वकपमा भाग लिनाको लागि नेपालले यो खेल जित्नै पर्नेछ । तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै पराजित हुने छ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेस्ट इन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँ खेल्न बाँकी ५ ।

समूह ए मा वेस्ट इन्डिजर जिम्बाब्वे २/२ खेलबाट चार/चार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरिका पाँचौ स्थानमा रहेका छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here