29.5 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 255

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ एकै दिनमा ५ गुणा बढीले ओभरसब्सक्राइब्ड

0

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्कासनको आज आबेदन खुला भएको पहिलो दिनमै ५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

सीडीएससीका अनुसार आज साँझ २ लाख ५१ हजार ७९९ आवेदकबाट कुल २७ लाख ८७ हजार ६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.१७ गुणाले बढी हो।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

मागभन्दा बढी आवेदन परेका कारण अब यो कम्पनिको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो कम्पनिको आईपीओको निष्कासन बन्द असार १३ गते बैंकिङ समयपछि हुनेछ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ ।

नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड भोलि हुने

0

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ भोलि असार ११ गते (सोमबार) बाँडफाँड गर्ने छ।

यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार बिहान १० काठमाण्डौको ठमेलस्थित होटेल अलफ्टमा आईपीओ बाँडफाँड कार्यक्रम छ।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म आईपीओमा १२ लाख ८२ हजार ६३६ आवेदकबाट कुल १ करोड ३९ लाख २३ हजार ३८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.८५ गुणाले बढी हो।

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

0

ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।

महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख को बजेट आएको हो ।

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

अदालतको अवहेलनामा मेयर शाहलाई कारबाही माग गर्दै सर्वोच्चमा मुद्दा दाँयर

0

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवेहलना गरेकोको उनलाई कारबाही हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । अधिवक्ता वर्षाकुमारी झाले पेस गरेको निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाले हेर्नेगरी उनको इजालसमा तोकिएको छ ।

अधिवक्ता झाले काठमाडौंका मेयर शाहविरुद्ध पेस गरेको निवेदनमाथि आइतबार न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

मेयर शाहले उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न दिनु भन्ने आदेश दिएको थियो । उनले उक्त आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए । उनले राष्ट्रियताको सवाल भएकोले उक्त आदेश नमान्ने जनाएका थिए । सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अभिवक्ता झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी हुन् ।

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

0

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरिन् ।

महानगरपालिकाले महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छन् । त्यस्तै, महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

महानगरले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाडफाडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ ।

महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड विनियोजन गरेको छ ।

महानगरपालिकालाई हराभरा र सुन्दर बनाउन ५ करोड, सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनाअन्तर्गत शहरी स्वास्थ्य क्लिनिकहरूको प्रवर्द्धनका लागि ३५ करोड, सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने योजनाअन्तर्गत ६ करोड, नगर अस्पतालका लागि १० करोड र स्वच्छ भान्छा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

६२ अङ्कले बढ्यो सेयर बजार, अब के होला नेप्से प्राबिधिक बिस्लेषण

आज नेप्से परिसूचकमा दोहोरो अंकको बढेको छ । आज नेप्से ६२ अंकले बढेर नेप्से इन्डेक्स २११७ विन्दु कायम भएको छ ।

नेप्से बढ्दा भोलुमले पनि साथ दिएको छ । आज छ अर्ब ४९ करोड माथिको कारोबार भएको हो ।

आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।

आज १८९ कम्पनिको मुल्य बढेको छ भने ३२ कम्पनिको मुल्य घटेको छ ।

लाइफ इन्सुरेन्स कर्पोरेसन ,हिमालयन लाइफ इन्सुरेन्स , साम्लिङ पावर कम्पनी र एनएमबि ५० ले पोसिटिभ सर्किट हानेका छन भने शुभम पावरले सर्बाधिक गुमाएको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको माथिल्लो रेखालाई छोडेर मध्य रेखानै नपुगी पुन माथिल्लो रेखातर्फनै फर्केको देख्न सकिन्छ । यसले बजार पोसिटिभ रहेको बुझिन्छ ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु पुन लामो हुन थालेको छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ७२ को बिन्दुमा छ । केही दिन अघी ७५ बाट झरेर ६५को बिन्दुसम्म पुगी फर्केर ७२ को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजारले २०४८लाई सपोर्ट बनाएर फर्केको छ भने अहिले २११७मा अर्को रेसिस्टेन्स नजिकै क्लोजिङ दिएको छ । अब बजार बढेमा पहिलो प्रतिरोध २१८९ र दोश्रो प्रतिरोध २२६० को देखिन्छ भने बजार घटेमा पहिलो सपोर्ट २०४८ र अर्को सपोर्ट जोन १९४८ रहेको पिभोट पोइन्ट अनुसार देखिन्छ ।
समग्रमा बजार पोसिटिभ देखिन्छ । इलियट वेभ अनुसार बजारले इम्पल्सिभको चौथो वेभको करेक्सन सक्काएर पाचौ वेभ चलिरहेको देख्न सकिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

अख्तियारको टोली अनुसन्धानमा आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । जलहरिको सुनको बिषयमा हालसम्म पनि बिबाद जारी छ ।तोकिए भन्दा कम सुन लगाईएको भनेर परेको उजुरी उपर अख्तियार अनुसन्धान गरिरहेको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।

जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली साढे ३ बजे मन्दिरमा आउने स्रोतको भनाइ छ ।

भरतपुरको बजेट रु. ६.३१ अर्बको , विराटनगरको रु. ३.२८ अर्बको

0

 

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। 

महानगरपालिकाको १२ औँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्। स्रोत सुनिश्चितताका आधारमा आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा केही सानो ल्याइएको छ। चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो। 

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ रु.१० करोड, अन्य संघ–संस्थातर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन्। 

व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ १३ करोड ६७ लाख र शिक्षा तर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। 

आइतबार १३ औँ नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्। महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ।  

बहालवाला मन्त्रीले न्यायाधीशलाई फटाहा, जनताको नाममा कलंक र घुस्याहाको आरोप

0

खेलकुद बोर्डका सदस्य सचिव हटाउने आफ्नो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी न्यायाधीशमाथि खनिएका छन् ।

उनले सार्वजनिक मञ्चबाटै न्यायाधीशलाई फटाहा, जनताको नाममा कलंक र घुस खाएर फैसला गरेको जस्ता आक्षेप लगाएका छन् ।

आफुलाई हटाएपछी अदालत गएका सदस्य सचिबको पक्षमा आदेश न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले दिएपछी मन्त्री न्यायधिस बिरुद्ध खनिएका हुन ।

विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले स्टेअर्डर दिने न्यायाधीश ‘फटाहा’ र ‘जनताको नाममा कलंक’ भएको दाबी गरे ।

खेलकुद बोर्डको सदस्य सचिवले प्रदेशको नाम ‘कोशी’ नै मेटेर प्रतियोगिता गराएपछि आफूहरुले स्पष्टीकरण सोधेको र त्यसको जवाफ चित्तबुझ्दो नआएपछि हटाएको भए पनि न्यायाधीशले बदनियत राखेर काममा फर्काएको बताए ।

‘मेरो ठाडो भाषामा भन्नसक्छु, बदनियत गरेकै हो न्यायाधीशले’ उनले भने, ‘यो न्यायाधीश फटाहा हो । त्यो न्यायाधीश जनताको नाममा कलंक हो । सदस्य सचिवलाई सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अडर गर्ने न्यायाधीश खराब हो ।’

उनी त्यतिमा रोकिएनन् । प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्य सचिव कृष्ण बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्य सचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अर्डर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।

‘यहीको कृष्ण बस्नेत (पर्शुराम बस्नेत) भन्ने मान्छेको मुद्दा हेर्न नभ्याउने । फैसला गर्न नमिल्ने न्यायालयका न्यायमूर्तिहरु । अनि त्यही अर्को मुद्दामा फेरि हेर्ने र स्टे अर्डर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो, भ्रष्टाचारले बिग्रिएको हो,’ आफू जेल जान पनि तयार रहेको भन्दै खेलकुदमन्त्री भण्डारीले भने ।

उनले अघि भने, ‘नेताले पनि भ्रष्टाचार गर्न पाइन्न, कर्मचारीले पनि भ्रष्टाचार गर्न पाइन्न, न्यायाधीशले पनि भ्रष्टाचार गर्न पाइन्न । यदि गर्ने हो भने न्यायालयबाट नमस्कार गरेर जानुहोस्, विदा हुनुहोस् ।’

आजबाट अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

0

आज असार १० गतेदेखि सर्वसाधारणका लागि अप्पर स्याङ्गे हाइड्रोपावरले आईपीओ बिक्री खुलेको छ।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको हो । कम्पनीले त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आजबाट आवेदन खुला गरेको छ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।