15.6 C
Nepal
Saturday, October 26, 2024

६२ अङ्कले बढ्यो सेयर बजार, अब के होला नेप्से प्राबिधिक बिस्लेषण

आज नेप्से परिसूचकमा दोहोरो अंकको बढेको छ । आज नेप्से ६२ अंकले बढेर नेप्से इन्डेक्स २११७ विन्दु कायम भएको छ ।

नेप्से बढ्दा भोलुमले पनि साथ दिएको छ । आज छ अर्ब ४९ करोड माथिको कारोबार भएको हो ।

आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।

आज १८९ कम्पनिको मुल्य बढेको छ भने ३२ कम्पनिको मुल्य घटेको छ ।

लाइफ इन्सुरेन्स कर्पोरेसन ,हिमालयन लाइफ इन्सुरेन्स , साम्लिङ पावर कम्पनी र एनएमबि ५० ले पोसिटिभ सर्किट हानेका छन भने शुभम पावरले सर्बाधिक गुमाएको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको माथिल्लो रेखालाई छोडेर मध्य रेखानै नपुगी पुन माथिल्लो रेखातर्फनै फर्केको देख्न सकिन्छ । यसले बजार पोसिटिभ रहेको बुझिन्छ ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु पुन लामो हुन थालेको छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ७२ को बिन्दुमा छ । केही दिन अघी ७५ बाट झरेर ६५को बिन्दुसम्म पुगी फर्केर ७२ को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजारले २०४८लाई सपोर्ट बनाएर फर्केको छ भने अहिले २११७मा अर्को रेसिस्टेन्स नजिकै क्लोजिङ दिएको छ । अब बजार बढेमा पहिलो प्रतिरोध २१८९ र दोश्रो प्रतिरोध २२६० को देखिन्छ भने बजार घटेमा पहिलो सपोर्ट २०४८ र अर्को सपोर्ट जोन १९४८ रहेको पिभोट पोइन्ट अनुसार देखिन्छ ।
समग्रमा बजार पोसिटिभ देखिन्छ । इलियट वेभ अनुसार बजारले इम्पल्सिभको चौथो वेभको करेक्सन सक्काएर पाचौ वेभ चलिरहेको देख्न सकिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here