33.2 C
Nepal
Wednesday, May 14, 2025

आजबाट अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

आज असार १० गतेदेखि सर्वसाधारणका लागि अप्पर स्याङ्गे हाइड्रोपावरले आईपीओ बिक्री खुलेको छ।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको हो । कम्पनीले त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आजबाट आवेदन खुला गरेको छ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here