15.6 C
Nepal
Saturday, October 26, 2024

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरिन् ।

महानगरपालिकाले महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छन् । त्यस्तै, महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

महानगरले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाडफाडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ ।

महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड विनियोजन गरेको छ ।

महानगरपालिकालाई हराभरा र सुन्दर बनाउन ५ करोड, सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनाअन्तर्गत शहरी स्वास्थ्य क्लिनिकहरूको प्रवर्द्धनका लागि ३५ करोड, सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने योजनाअन्तर्गत ६ करोड, नगर अस्पतालका लागि १० करोड र स्वच्छ भान्छा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here