34.9 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 254

करोडको लगानिमा ८६ हजार नेट कमाइ गर्ने, पचास पैसा ईपीयसको कम्पनीमा फसाईएको भन्दै घोरही सिमेन्टमा रोकिएको पैसा फिर्ता गर्न माग

अहिले घोरही सिमेन्टमा लगानिकर्ताको पैसा अड्किएको छ । बुक बिल्डिङ मार्फत १०० मा ३३५ प्रिमियम थपेर ४३५ मा आइपिओ निकालेको घोराही सिमेन्टमा फर्जी आबेदन परेको भन्दै आइपिओ स्थगित भएपछी लगानिकर्ताको पैसा बैंकमा रोकिएको छ ।

१४ जना जतिले १० लाखका दरले पैसा नभएको खाताबाट आइपिओमा आबेदन दिई उच्च माग रहेको जस्तो देखाएर लगानिकर्ता झुक्काईएको आरोप छ ।

घोराही सिमेन्ट कम्पनिले एक करोडको लगानिमा ८६ हजार नेट कमाइ गर्ने पाइएको छ । कम्पनीको प्रतिसेयर आम्दनी पचास पैसा छ । यस्तो कम्पनिमा फसाईएको भन्दै लगानिकर्ताले रोकिएको पैसा फिर्ता मागेका छन ।

रेटिङ प्रकृया पनि स्वार्थ बाझिने गरी गरिएको जसको लगानिको घोराही सिमेन्ट कम्पनी , उसकै रेटिङ एजेन्सीबाट रेटिङ गराएर रेटिङ नियमावलीको पनि खिल्ली उडाईएको भन्दै चर्को आलोचना भईरहेको छ ।

१४ अर्ब भन्दा बढी ॠण भएको र कमाइ एकदमै न्युन भएको कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्न दिएर जनतालाई फसाउन खोजिएको भन्दै लगानिकर्ताहरु आफ्नो रोकिएको रकम चाडो फिर्ता हुनुपर्ने माग गरिरहेको छन।

श्रोतका अनुसार पचास प्रतिसत भन्दा बढी फर्जी आबेदन रहेको अनुमान गरीईएको छ ।


एक लगानिकर्ताका भन्छन -अब घोराहिको अहिलेको प्रकृया रद्द गरी १०० मा आबेदन दिन पाउने ब्यबस्था गरियोस ।

प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा स्टेजमै बोतल प्रहार

0

रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका बेला एकजना दर्शकले गायक प्रकाश सपुतमाथि आक्रमण गरेका छन । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागी एक मादक पदार्थ सेबन गरेका ब्यक्तीले क्यान बोतल प्रहार गरेका हुन् ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेर निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए ।

बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् । सोमबार बिहानैदेखि यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । यसअघि जापान कन्सर्टमा र्‍यापर भिटेनमाथि बियरको बोतल प्रहार भएको थियो भने अमेरिकामा राजेशपायल राईमाथि स्टेजमा एक व्यक्तिले निन्दनीय हर्कत गरेका थिए ।

सुन चाँदीको मूल्य बढ्यो

0

आज सोमबार सुन र चाँदीको मूल्य बृदि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १० हजार २ सय रुपैयाँमा छापावाल, एक लाख ९ हजार ६५० रुपैयाँमा तेजावी र १३ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

दिव्यश्वरी हाइड्रोपारवरले १००% हकप्रद सेयर जारी गर्ने निर्णय

0

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको असार १० गते बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीले चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ को १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।

नियमनकारी निकायबाट अनुमति पाएपछी कम्पनीले २६ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगमा सहमतिका लागि प्रक्रिया अगाडि बढाउनेछ। आयोगबाट सहमति पाएपछि स्वीकृतिका लागि आगामी साधारणसभामा हकप्रदको प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।

हकप्रदबाट उठेको रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।

असार १९ बाट मनकामना इन्जिनिरिङ हाइड्रोपावरको आईपीओ आउँदै

0

असार १९ गतेदेखि मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने निस्चित भएको छ।

यस कम्पनीले आफ्नो जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर बिक्री खुलाउनेछ।

यस आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने छन्।

कम्पनीले सर्वसाधारण जनताका लागि जारी पुँजीको २५ प्रतिशतले हुने २० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ छुट्याइएको छ। त्यस्तै १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय (अनामनगर), प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

आज देशैभरि पानी पर्ने, तराईका केही स्थानमा हावाहुरी चल्ने पूर्वनुमान

0

हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहेको छ । अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा सामान्य वर्षा भइरहेको छ ।

दिउँसो देशैभरी सामान्य बर्षा हुनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसे पनि कर तिर्नुपर्ने महानगरको निर्णय :विज्ञापन कर

0

अबदेखी काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने निर्णय गरेको छ । महानगरले, नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० सो व्यवस्था गरेको छ ।

महानगरले पहिलेभन्दा फरक र नयाँ करका दरहरु सार्वजनिक गरेको छ ।

विधेयकअनुसार कुनै व्यक्ति, संस्था, कम्पनी वा फर्मले आफ्नो सेवा वा वस्तुको बिक्री वितरण वा प्रबर्द्धन गर्न पसल व्यवसायको पहिचान वा परिचयका लागि सञ्चालन भएको स्थानमा बढीमा ३० वर्ग फुटसम्मको विज्ञापन बोर्डलाई परिचयपाटी (साइनबोर्ड) को रुपमा राख्न दिइनेछ । त्यस्तो विज्ञापनमा पनि करको दर तोकिएको छ ।

त्यस्तै महानगरले सवारी साधनको दाँयाबाँयापट्टीको भागमा अधिकतम २० वर्ग फुटसम्मको अस्थायी प्रकृतिको बोर्ड राखी गरिने विज्ञापनका लागि प्रतिदिन १०० विज्ञापन कर तोकिएको छ । सवारी साधनमा स्थायीरुपमा लेखिएको वा छापिएको प्रचार सामग्रीका लागि प्रतिवर्ष प्रतिवर्ग फुट ३०० कर तोकिएको छ ।

१५ वर्ग फुटसम्मको परिचयपाटी (साइनबोर्ड)का लागि १ हजार कर तिर्नुपर्नेछ । यस्तो साइनबोर्ड एउटा पसलमा एउटा मात्रै राख्न पाइनेछ । फ्लेक्स बोर्डबाट तयार गरिएको विज्ञापन सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट १ हजार विज्ञापन कर तोकिएको छ । डिजिटल बोर्ड, ग्लो साइनबोर्ड, स्टिकरबाट गरिने विज्ञापन प्रचार सामग्री, नियोन साइन र यस्तै विज्ञापन प्रचार सामग्रीको प्रतिवर्ष प्रतिवर्ग फुट पनि १ हजार विज्ञापन कर लाग्नेछ ।

खेलकुद मैदान र यस्तै प्रकृतिका अनुमति लिएर गरिने कार्यक्रममा गरिने विज्ञापनबापत सम्बन्धित आयोजकबाट पहिलो दिन १० हजार र त्यसपछिको प्रत्येक दिन ५ हजार विज्ञापन कर तोकिएको छ ।

बेलुन, ज्याकेट, साइकल, मोटरसाइकलमा प्रयोग गरी गरिने विज्ञापन वा डमी एवं सेग्वे तथा ‘ह्युमन बिलबोर्ड’द्वारा गरिने प्रचारमा प्रतिगोटा प्रतिदिन ५०० कर तोकिएको छ । यसरी गरिने विज्ञापनका लागि एकपटकमा अधकितम सात दिनका लागि अनुमति प्रदान गरिने जनाइएको छ ।

झोलाद्वारा गरिने विज्ञापन वार्षिकप्रति झोला १०० कर तिर्नुपर्नेछ । सार्वजनिक स्थानबाट नदेखिने गरी मल, चलचित्र भवन, लगायतका व्यावसायिक भवनभित्र विज्ञापन प्रचारप्रसारका लागि राखिएको विज्ञापन सामग्रीको प्रतिवर्ग फुट ५०० कर तोकिएको छ ।

अधिकतम २५ वटा अक्षरसम्म मात्र लेख्न पाइने गरी धातु वा सिमेन्टबाट बनेको अक्षरबाट लेखिएको परिचय पार्टीका लागि वार्षिक १ हजार विज्ञापन कर तोकिएको छ ।

पशुपतिको जलहरी निकालियो, अख्तियारले जोख्दै

0

पशुपतिनाथमा लगाईएको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज आइतबार उक्त जलहरी निकालेको हो ।

आयोगको टोलीले जलहरीमा कती सुन प्रयोग भएको छ भन्ने थाहा पाउन नाप तौल गर्न जलहरी निकालेको हो ।

जलहरीको सुन टोलीले मन्दिर परिसरमा जोख्ने जनाएको छ । त्यस क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने सीसीटीभी जडान गरिएको छ । जलहरीमा जडित सुन तोकिएभन्दा कम भएको भन्ने उजुरी परेपछी अख्तियारले नाप जाँच गर्न लागेको हो ।

मोरङमा छुट्टै कोठा मार्फत जन्मसिद्धका सन्तानलाई नागरिकता दिईदै

0

जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानलाई नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै कोठाको व्यवस्था गरेको छ ।

मोरङमा जन्मका आधारमा नागरिकता लिएका आमाबाबुका सन्तान ६५ हजार जना नागरिकता लिन योग्य रहेको अनुमान छ । सोमबारदेखि नागरिकता वितरण गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनका अनुसार सेवाग्राहीको भिड बढ्ने भएका कारण जिल्ला प्रशासन कार्यालयको १६ नम्बर कोठाबाट नागरिकता वितरण गर्ने वातावरण मिलाइएको छ ।

अब वर्ल्डलिङ्‍कले इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता दिने

वर्ल्डलिङ्‍कले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’ सुविधा ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्‍क कम्युनिकेसन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वर्ल्डलिङ्‍कले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ । आफ्ना ग्राहकहरुलाई अब वर्ल्डलिङ्‍कको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको कम्पनीले जनाएको छ । यो समयमा जब अरु सबै कम्पनीहरु मूल्यको प्रतिस्पर्धामा रहेका छन् भने वर्ल्डलिङ्‍कले गुणस्तरीय सेवालाई प्राथमिकता दिएको कम्पनीको दाबी छ ।

‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क विना नै यो सेवा पाउने कम्पनीले बताएको छ । यस्ता ग्राहक ७ लाख ८० हजार रहेका छन् ।

यी बाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकहरुलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन भने यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरे भने मात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउँनेछन् । यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ ।

कसरी दाबी गर्ने ? कति रकम फिर्ता हुन्छ ?

ग्राहकको इन्टरनेट स्पिड स्लो हुने वित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन । स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोन मार्फत, शाखा कार्यालय वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ ।

वर्ल्डलिङ्‍कले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पीड चेक गर्न पठाँउनेछ, इन्टरनेट स्लो भएको कारण पत्ता लगाई समस्याको समाधान गर्नेछ । तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछ ।
रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जतिदिन बाँकी रहन्छ सो बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था गरेको छ । उदाहरणको लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरिसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ ।

कसले दाबी गर्ने ?

इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरुले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन् ।

यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिङ्‍कले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागु हुनेछ।

५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर

वर्ल्डलिङ्‍कले देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ । जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन् । जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वर्ल्डलिङ्‍कले आउने दिनहरुमा यो सुविधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जाने कम्पनीको भनाइ छ ।

वर्ल्डलिङ्‍कको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ र २७ वर्षदेखि आफ्नो उपस्थिति रहेको वर्ल्डलिङ्‍कको पहुँच ७४ जिल्लामा पुगिसकेको कम्पनीले बताएको छ ।