15.6 C
Nepal
Saturday, October 26, 2024

दिव्यश्वरी हाइड्रोपारवरले १००% हकप्रद सेयर जारी गर्ने निर्णय

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको असार १० गते बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीले चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ को १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।

नियमनकारी निकायबाट अनुमति पाएपछी कम्पनीले २६ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगमा सहमतिका लागि प्रक्रिया अगाडि बढाउनेछ। आयोगबाट सहमति पाएपछि स्वीकृतिका लागि आगामी साधारणसभामा हकप्रदको प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।

हकप्रदबाट उठेको रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here