35.9 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 253

बजेटका पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

0

नेपाली कांग्रेसले बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाएको छ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदहरूलाई बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन्।

बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुँदैछ। 

संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले निकालेको सूचनामा बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ। 

‘बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ,’ सूचनामा उल्लेख छ।

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

0

ललिता निवास प्रकरणमा छानबिन गर्न भन्दै प्रहरीले व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ। उनलाई नक्सालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको हो ।

गुरुङ नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट भाटभटेनीका सञ्चालक हुन्।

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अहिले प्रहरीले पुन: गुरुङलाई पक्राउ गरेको हो।

न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

भारतीय बजारमा टमाटरको भाउ एकमहिनामा १९०० प्रतिशतले वृद्धि

0

टमाटरको मूल्य भारतका बजारमा प्रतिकिलो १०० भारतीय रुपैयाँ(भारु) नाघेको छ ।

हाल टमाटर प्रतिकिलो ६५ देखि ७० भारुमा थोक बजारमा बिक्री भइरहेको छ । एक साताअघि थोक बजारमा टमाटर ३०–३५ भारुप्रतिकिलोमा बिक्री हुँदै आएको थियो । खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ४०–५० भारु थियो । यसको अर्थ मूल्य झण्डै दुइगुणा भएको छ ।

मे महिनामा उत्तर प्रदेश, महाराष्ट्रलगायत धेरै राज्यमा टमाटरको मुल्य प्रतिकिलो २–५ रुपैयाँ थियो । अर्थात् एक महिनामा टमाटरको मूल्य १९०० प्रतिशतले बढेको छ ।

भारतको संघीय राजधानी दिल्लीमा टमाटर ७० देखि १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । मध्य प्रदेशको बजारमा टमाटर ८० देखि १०० रुपैयाँ, उत्तर प्रदेशमा ८० देखि १०० रुपैयाँ, राजस्थानमा ९० देखि ११० रुपैयाँ र पञ्जाबमा ६० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ।

नेपाल बैंकका ऋणीलाई सावा तिरे ब्याज छुटको घोषणा

0

नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन सुचना जारी गरेको छ।

बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई सावा तिरेमा ब्याज मिनाहा हुने योजना ल्याएको छ ।

यो ब्याज छुट सुविधाको विशेष व्यवस्था यही असार मसान्तसम्म मात्र रहेको बैंकले स्पष्ट पारेको छ। यो अवसरको फाइदा लिई ऋणमुक्त हुन पनि बैंकले आग्रह गरेको छ

१४ अर्ब रुपैयाँभन्दा बढी हिनामिनाको आरोपमा केदारनाथ शर्मालाई पक्राउ

0

निजलाई नेपाल प्रहरीको सीआईबीको टोली खटिएर भारतको मुम्बईमा रहेको थाहा पाएपछी मुम्बई पुगेर पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था समेत खोलेका थिए । तर संस्था संकटमा पर्दै गएपछी अध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

आफ्नो रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।

मुद्दती खाताको समय पुरा भएसी नि आफ्नो सावा ब्याज नपाएपछी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।सहकारीले बचतकर्ताको पैसा पनि फिर्ता गर्न सकेको थिएन ।

अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो ।

१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेपछी खोजिमा रहेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरिले पक्राउ गरेको छ ।

निजलाई नेपाल प्रहरीको सीआईबीको टोली खटिएर भारतको मुम्बईमा रहेको थाहा पाएपछी मुम्बई पुगेर पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था समेत खोलेका थिए । तर संस्था संकटमा पर्दै गएपछी अध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

आफ्नो रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।

मुद्दती खाताको समय पुरा भएसी नि आफ्नो सावा ब्याज नपाएपछी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।सहकारीले बचतकर्ताको पैसा पनि फिर्ता गर्न सकेको थिएन ।

अनुसन्धानको क्रममा सीआईबीले यही असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो ।

उनी नेतृत्वको मोरङको तुलसी सहकारीबाट भएको ठगीको पनि मोरङ प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

सामान्य अङ्कले बढ्यो सेयर बजार

0

आज साताको दोश्रो दिन सेयर बजार सामान्य अङ्कले बढेको छ । आज ११ अङ्कले बढेर २१२९ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ५ अर्ब ३१ करोडभन्दा माथिको कारोबार भएको छ ।


नेप्सेमा आज १२३ कम्पनिको मुल्य बढेको छ भने ९८ कम्पनिको मुल्य घटेको छ । त्यस्तै ४ कम्पनिको मुल्य घटबढ भएको छैन ।


हिमालयन लाइफ इन्सुरेन्स , बिपीडब्लु लघुबित्त , सिटी होटेल , सिभिल लघुबित्त , माउन्टेन ईनर्जी लगायतमा सर्किट लेभलमा कारोबार भएको छ ।


त्यस्तै आज सर्बाधीक गुमाउनेहरुमा सुपर मादी हाइड्रोपावए , विन नेपाल लघुबित्त , मोलुङ हाईड्रोपावर कालिन्चोक दर्सन , ग्रीन लाइफ हाइड्रोपावर लगायतका रहेका छन ।


आज शिभम सिमेन्ट , सोल्टी होटेल , हिमालयन डिस्टिलरी , ईजिआइ प्रुडेन्सियल इन्सुरेन्स , नेपाल लाइफ इन्सुरेन्स लगायततका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

रु. ३० लाख ऋण लिएर रु १.२६ करोड तिर्दा पनि अझै माग्छन मिटरब्याजी, पहिलोपटक मुद्दा दर्ता

0

अनुचित लेनदेन (मिटरब्याज)मा संलग्न रहेको आरोपमा पहिलोपटक सोमबार एक व्यक्तिमाथि मुद्दा दर्ता भएको छ।

ललितपुरका एक व्यक्तिले ३० लाख रुपैयाँ सापटी ॠण लिए ।उनले साहुलाई १ करोड २६ लाख बुझाए पटकपटक गरेर तरपनी ऋण चुक्ता नभएपछि अहिले प्रहरीको उजुरी गरेका थिए। पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेनमा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर–२६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ मुद्दा चलाएको हो।

ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर मिटर ब्याजको धन्दा गरेको आरोपमा ज्ञानेन्द्रमाथि अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार ज्ञानेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख रुपैयाँ सापटी दिई वैदेशिक रोजगारको कागज बनाएका थिए। मनोजले पटकपटक गरी १ करोड २६ लाख रुपैयाँ लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा प्रहरीमा किटानी जाहेरी दिएका थिए।

ज्ञानेन्द्रको घरमा खानतलासी गर्दा ७ करोड २८ लाख ७७ हजार रुपैयाँको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको प्रहरीले जनाएको छ। ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेला परेका छन्।

अनुचित लेनदेन ‘मिटरब्याज’ मा लगानी गर्न नहुने ऐन अध्यादेशबाट आएको थियो । सो ऐन संसदबाट अनुमोदन भइसकेको छैन। मुलुकी अपराध संहिता–२०७४ को दफा २४९ लाई अध्यादेशमार्फत २०८० वैशाखमा सरकारले संशोधन गर्ने निर्णय गरेको थियो।

यो गठबन्धन ५ वर्षसम्म कसैले एक इन्च हल्लाउन सक्दैन : प्रचण्ड

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कसैले चलाऊन नसक्ने र निरन्तर चल्ने बताएका छन् ।

आज सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् ।

‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला’, प्रधानमन्त्री प्रचण्डले भने, ‘लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’

आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी प्रधानमन्त्री प्रचण्डले गरे । ‘१० वर्षमा १० हजार मेगावाट विजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरुले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताए । ‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन् । राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु’, उनले भने ।

जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

0

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए । सो अबधिमा उनले १ करोड ४४ लाख भ्रस्टचार गरेको आरोप अख्तियारले लगाएको छ ।

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएपछि ढकालको र परिवारको बैंक खातामाथि अख्तियारले अनुसन्धान गरेको थियो ।

राष्ट्र बैंकले रु. २० अर्ब माग्दा बैंकहरुबाट रु. १४.७ अर्बको मात्रै आवेदन

बैंकिङ प्रणालीमा अधिक तरलता भएको कारण नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारबाट तानेर सन्तुलन गर्न चाहेको थियो । तर, बैंकहरुले १४ अर्ब ७० रुपैयाँबराबरको मात्रै आवेदन दिएका छन्।

अधिक तरलता सन्तुलनका लागि हिजो आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपोको लागि नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको थियो। तर, ९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट १४ अर्ब ७० रुपैयाँको मात्रै आवेदन परेको हो।

सोही कारण राष्ट्र बैंकले भने १३ अर्ब २० करोड रुपैयाँको मात्रै रिभर्स रिपो जारी गराएको छ। यसको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ।

यो रकम बैंकहरुले असार १७ गते फिर्ता पाउनेछन ।

यसअघि गत असार ७ गते पनि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो। त्यतिबेला भने बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन दिएका थिए। यो रिपोको औसत ब्याजदर ३.०१ प्रतिशत कायम भएको थियो।