15.6 C
Nepal
Saturday, October 26, 2024

राष्ट्र बैंकले रु. २० अर्ब माग्दा बैंकहरुबाट रु. १४.७ अर्बको मात्रै आवेदन

बैंकिङ प्रणालीमा अधिक तरलता भएको कारण नेपाल राष्ट्र बैंकले थप २० अर्ब रुपैयाँ बजारबाट तानेर सन्तुलन गर्न चाहेको थियो । तर, बैंकहरुले १४ अर्ब ७० रुपैयाँबराबरको मात्रै आवेदन दिएका छन्।

अधिक तरलता सन्तुलनका लागि हिजो आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपोको लागि नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको थियो। तर, ९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट १४ अर्ब ७० रुपैयाँको मात्रै आवेदन परेको हो।

सोही कारण राष्ट्र बैंकले भने १३ अर्ब २० करोड रुपैयाँको मात्रै रिभर्स रिपो जारी गराएको छ। यसको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ।

यो रकम बैंकहरुले असार १७ गते फिर्ता पाउनेछन ।

यसअघि गत असार ७ गते पनि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो। त्यतिबेला भने बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन दिएका थिए। यो रिपोको औसत ब्याजदर ३.०१ प्रतिशत कायम भएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here