12.5 C
Nepal
Thursday, January 22, 2026

बजेटका पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

spot_imgspot_imgspot_img

नेपाली कांग्रेसले बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाएको छ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदहरूलाई बजेटका पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन्।

बुधबार प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुँदैछ। 

संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले निकालेको सूचनामा बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ। 

‘बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको छ,’ सूचनामा उल्लेख छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here