35.9 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 252

बिरोधका बाबजुत आज बजेट हुबहु पारित गरिने

0

प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेस हुँदैछ। सरकारले बजेट सत्तारुढ दलको बिरोधका बिच जस्ताको त्यस्तै पारीत गर्ने तयारी गरेको छ । सत्तरुढ दलका सभासदहरु नै सम्सोधनबिना बजेट पारीत गर्न नदिने अडान लीएर बसेका छन ।

बिहान ११ बजे बस्ने बैठमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। प्रस्ताब पेश गरेपछी पारीत गर्ने प्रकृया अघी बढ्छ ।

गठबन्धनका घटकहरू जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले संसोधनविना बजेट पास नहुने बताइसकेका छन्।

बजेट पारितको प्रस्ताव पेस हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

आज अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

0

आज असार १३ गते अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन रहेको छ।

कम्पनीले गत असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको हो।

ललितानिवास प्रकरणमा पक्राउ परेका ७ मध्ये ३ जना रिहा

0

बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात तथा लिखत कीर्ते गरेको अभियोगमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जना थुनामुक्त भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए ।

यसरी छुट्नेमा मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन् । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा सर्वोच्च अदालतबाट आदेश भएको थियो ।

सीआईबीले मंगलबार दिनभर अपरेशन चलाएर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा १७५ जनाविरुद्ध भ्रष्टाचारको कसूरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लगत्तै गृह मन्त्रालयले ठगी र कीर्तेमा अनुसन्धान गर्न भन्दै सीआईबीमा पत्र पठाएको थियो ।

यो बीचमा ठगीमा मुद्दा नचलाउने निर्णय भयो भने अहिले सोही पत्रका आधारमा कीर्तेसम्बन्धी कसूरमा अनुसन्धान अघि बढेको थियो । सुवर्णशमशेर र उनको परिवारको नाममा रहेको जग्गा सरकारले अधिग्रहण गरेकामा राजनीतिक कारणले जफत भएको भन्दै फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गर्दै सरकारी लिखत तथा कागजात कीर्ते भएको सीआईबीका अधिकृतहरु बताउँछन् ।

अधिकृतहरुका अनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको थियो ।

चीनका धनाढ्य ज्याक मा काठमाडौं भ्रमणमा

0

आज दिउसो चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ व्यवसायी ज्याक मा नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका छन् ।

हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमनका अधिकारीले जानकारी दिएका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएका उनको जेटमा ६ जना चालक दलका सदस्य रहेको नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक नगरिएको भए पनि ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताईन्छ ।

यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।

अख्तियारबाट जोगीएका कर्मचारीलाई सीआईबी अनुसन्धान र पक्राउ गर्दै

0

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा छ जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धानको दायरामा ल्याएको हो । त्यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

शाह गृह मन्त्रालयमा लामो समय बसेका पूर्वसहसचिव हुन् । सरकारी सेवाबाट अवकाश पाएपछि उनलाई सरकारले निर्वाचन आयुक्त बनाएको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमिततामा उनले घुसबापत पाएको जग्गा आफन्तको नाममा राखेको आरोप छ ।

सीआईबी स्रोतका अनुसार ललिता निवासको व्यक्तिको नाममा लगिएका बेला शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । सरकारले अधिग्रहण गरिसकेको ललिता निवासको जग्गा पुनः सुवर्णशमशेर र उनको परिवारको नाममा फर्काएर भूमाफियाले अनियमितता गरेका थिए ।

राणा परिवारसँगको नाता पनि पर्ने सुधीरकुमार शाहले ललिता निवासको जग्गा व्यक्तिको नाममा फर्काउँदा पर्दा पछाडिबाट सहयोग गरेको सीआईबी स्रोत बताउँछ । उनले भुसवापत पाएको १ रोपनी ११ आना जग्गा पत्नी उर्मिलाको नाममा राखेको स्रोतको दाबी छ ।

प्रहरीले जग्गा घुस खाएको आरोप लागेका गृहका पूर्वसहसचिव गेहनाथ भण्डारीलाई पनि खोजिरहेको छ ।

त्यतिबेला शाखा अधिकृत रहेका भण्डारीले सरकारी जग्गा राणा परिवारको नाममा फिर्ता गराइदिन भूमिका खेलबापत पाएका जग्गा सासु सोदाकुमारी चापागाईको नाममा १० आना र पत्नी भुवनकुमार चापागाईँको नाममा एक रोपनी जग्गा राखेको स्रोतको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि सुधीरकी पत्नी उर्मिला र गेहनाथको पत्नी भुवनकुमारी र सासु सोदाकुमारीलाई मुद्दा चलाए पनि दुई पूर्वसहसचिवलाई भने मुद्दा चलाएन । त्यो बेला गृह प्रशासनबाटै अख्तियारमा पुगेका नविनकुमार घिमिरे अख्तियारमा प्रमुख आयुक्त थिए ।

गेहनाथकी सासु सोदाकुमारीले चार वर्षअघि अख्तियारमा बयानका क्रममा आफूलाई छोरीले बोलाएर जग्गा दिएको बताएकी थिइन् । ‘छोरीले मलाई बोलाएर जग्गा किन्नुपर्ने भयो भनी कुनै कार्यालय जस्तो स्थानमा लगेर सही गर्न लगाइन् । मैले के हो भन्ने थाहा नै नपाई छोरीको भनाइमा लागेर छोरीले जे भनिन्’, उनले भनेकी थिइन, ‘केही समयपछि छोरीले नै त्यो जग्गा बेच्नुपर्ने भयो भनिन्, मैले मन्जुरीनामा दिएँ । हाल मेरो नाममा कुनै पनि जग्गा जमिन छैन ।’

सोदाकुमारीकी छोरी तथा गेहनाथको पत्नी भुवनकुमारीले राणा परिवारबाट आफूले जग्गा किनेको दाबी गरेकी थिइन । र, उनले बयानमा आफूले जग्गा किन्दा पति गेहनाथ राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत रहेको बताइन् ।

गेहनाथ र सुधीरकुमारले सरसल्लाह नै गरेर भुवनकुमारी र उर्मिलाका नाममा संयुक्तरुपमा जग्गा राखेको सीआईबी स्रोतको दाबी छ । करिव १० वर्ष राखेर उनीहरुले २०६० सालमा त्यो जग्गा ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकारमध्ये एक मानिएका रामकुमार सुवेदीलाई दिए । ‘उक्त जग्गा बकस लिखत पारित गरी खरिद गरेको हो’, उर्मिलाले अख्तियारको बयानमा भनेकी थिइन्, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन् ।’

ललिता निवास जग्गा अनियमितता छानविन प्रतिवेदन अनुसार, २०४९ कात्तिक २५ र पुस २३ गते गरी दुई पटकको निर्णयबाट ११२ रोपनी ४ आना जग्गा सुवर्णसम्सेरका हकदारहरुका नाममा दर्ता हुने निर्णय भएको थियो ।

ललिता निवासको जग्गा राणा परिवारको नाममा दुईपटक नै फिर्ता दिने निर्णय हुँदा कलाधर देउवा डिल्लीबजार मालपोत कार्यालयको प्रमुख मालपोत अधिकृत थिए । पछि राणा परिवारले इन्द्रबहादुर थापा क्षेत्रीको नाममा दुई रोपनी जग्गा बकस दिएको खुल्यो । अख्तियारले गरेको अनुसन्धानका क्रममा उनी कलाधरको साढुभाइ नाता पर्ने खुलेको थियो । इन्द्रबहादुरले बयानमा भनेका थिए, ‘मेरो साढुदाई कलाधर देउजा मालपोत कार्यालयमा अधिकृत पदमा हुँदा वहाँले बालुवाटारमा एउटा जग्गा छ तपाईले आफ्नो नाममा राखिदिनुहोस् भनी अनुरोध गर्नुभएकाले सहयोगसम्म गरेको हुँ । पछि बिक्री गरिसकेको छु ।’

अर्का मालपोत अधिकृत सुरेन्द्रमान कपालीले पनि भतिजी बुहारी शान्ति मल्ल प्रधानांगको नाममा दुई रोपनी आठ आना जग्गा बकस गरेको भेटिएको थियो । ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउने अर्का योजनाकार धर्मप्रसाद गौतम रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा पुगेको कागजातबाट देखिन्छ ।

गौतम भूमिसुधार तथा मालपोत विभागमा शाखा अधिकृत हुँदा नीतिगत निर्णयबाट राणा परिवारका नाममा जग्गा फिर्ता हुने भनी निर्णय गरेका थिए । उनले सालाका छोरा नाता पर्ने मोहनप्रसाद भट्टराईको नाममा दुई टुक्रा जग्गा लिएको भेटिएको थियो । तीमध्ये उउटा एक रोपनी १४ आनाको थियो भने अर्को एक रोपनी ३ आनाको थियो । – अनलाइनबाट

५६.९ अङ्कले बढ्यो सेयर बजार

0

आज साताको तेश्रो दिन सेयर बजार ५६.९ अङ्कले बढेको छ । आज २.६७ प्रतिसतले बढेर २१८६ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ४ अर्ब ७७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज १८७ कम्पनिको मुल्य बढेको छ भने ३४ कम्पनिको मुल्य घटेको छ । त्यस्तै ४ कम्पनिको मुल्य घटबढ भएको छैन ।
डिप्रोक्स लघुबित्त ,हिमालयन लाइफ इन्सुरेन्स, निर्धन उथ्थान लघुबित्त ,नेरुडे लघुबित्त, गरिमा बिकास लघुबित्त, लक्ष्मी लघुबित्त,मिर्मिरे ,किसान,जन उथ्थान , बिजय लघुबित्त लगायतका कम्पनिले सर्किट हानेको छ ।

त्यस्तै आज सर्बाधीक गुमाउनेहरुमा सिकल्स हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, बलेफी हाइड्रोपावर लगायतका कम्पनीहरु छन ।

आज स्वाबलम्बन लघुबित्त,शिभम सिमेन्ट , सोल्टी होटेल , हिमालयन डिस्टिलरी , ईजिआइ प्रुडेन्सियल इन्सुरेन्स लगायततका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

यो साता तीन दिन लगातार सेयर कारोबार बन्द हुने

0

आउँदो (बिहीबार) सेयर बजार कारोबार नहुने भएको छ। सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको हो। यसर्थ भोलि (बुधबार) नै यो साताको अन्तिम कारोबार हुनेछ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आज विज्ञप्तिमा जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेको छ। बकर ईदका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो।

९९%ले घट्यो लगानी ,यो कम्पनिका सेयर धनी टाट पल्टिए -लगानी गर्दा ख्याल गर्नुस्

0

सेयर बजारमा बम्पर मुनाफाका साथै ठूलो घाटाको सम्भावना पनि हुन्छ। बजारमा केही सेयरले लगानीकर्तालाई मालामाल बनाएको छ भने केहीले कंगाल पनि बनाएको छ। 

भारतीय सेयर बजारमा एउटै यस्तै कम्पनीको सेयरले लगानीकर्तालाई डुबाएको छ। फ्युचर ग्रुपको कम्पनी फ्युचर रिटेलको सेयरमा गरिएको लगानी अहिले ९९ प्रतिशतले घटिसकेको छ। 

कुनैले बेला यो कम्पनीको सेयर प्रतिकित्ता ६०० रुपैयाँभन्दा बढीमा कारोबार भएको थियो। अहिले प्रतिकित्ता ३ रुपैयाँमा झरेको छ। यो सेयरमा लगातार लोअर सर्किट लागेको थियो। 

सेयर बजारमा बिना जानकारी लगानी गर्दा ठूलै घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि अध्ययन गर्न आवश्यक हुन्छ। 

फ्युचर रिटेलको सेयर २०१७ नोभेम्बरमा ६४५ रुपैयाँको स्तरमा कारोबार भएको थियो। हिजो सोमबार यो कम्पनीको सेयर ३ रुपैयाँमा कारोबार भएको थियो। 

यो कम्पनीको सेयर गत अप्रिल ३ मा ५२ हप्ताकै न्यून २.१० रुपैयाँमा आएको थियो। ५२ हप्ताकै उच्च भने २०२२ जुलाई १३ मा ७.७० रुपैयाँसम्म पुगेको थियो।

पछिल्लो २ वर्षमा यो कम्पनीको सेयरभाउमा ९९ प्रतिशतभन्दा बढीको गिरावट आइसकेको छ। –एजेन्सी

सुनको भाउ बढ्यो

0

आज मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

बोतल हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी, आयोजकले मुद्दा फिर्ता लिने

0

रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सार्वजनिक गरेको भिडियोमा माफी दिएको देख्न सकिन्छ । भिडियोमा सपुत र ती युवकलाई हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ ।

‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । हामी देश छाडेर परदेशमा गएका छौं । आइन्दा यस्तो काम नगर्नुहोला,’ गायक सपुतले ती व्यक्तिलाई माफी दिंदै भनेका छन्, ‘तपाईंले गर्दा मेरो मोरल डाउन भएको छ । तपाईंको लाइफलाई तलमाथि हुन नदिन पनि माफी दिएको हुँ ।’

ती युवकले पनि आफूलाई कसैले बोतल प्रहारका लागि नउक्साएको प्रष्टीकरण दिएका छन् । ‘रमाइलो गर्दागर्दै यस्तो भयो,’ ती युवकले गायक सपुत र आयोजक नरेश गिरीको सामन्नु भनेका छन् । सोही भिडियोमा सपुतले ती युवकलाई मादक पदार्थ सेवन नगर्न सल्लाह समेत दिएका छन् । ‘आफूले पत्तो नपाउने गरी पिउने काम नगर्नुहोला,’ सपुतको सल्लाह थियो ।

गायक सपुतको आग्रहअनुसार आयोजकले ती नेपाली युवकविरुद्धको प्रहरी उजुरी फिर्ता लिने भएको छ । साथै उनलाई नेपाल डिपोर्ट नगर्ने समेत जनाइएको छ । उक्त भिडियोमा आयोजक गिरीले प्रहरी र अध्यागमनमा दिएको उजुरी फिर्ता लिने बताएका छन् । ‘प्रकाशजीको आग्रहअनुसार प्रहरी र अध्यागमनमा दर्ता गरेको केस फिर्ता लिंदैछौं,’ गिरीले भने ।