15.6 C
Nepal
Saturday, October 26, 2024

बोतल हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी, आयोजकले मुद्दा फिर्ता लिने

रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सार्वजनिक गरेको भिडियोमा माफी दिएको देख्न सकिन्छ । भिडियोमा सपुत र ती युवकलाई हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ ।

‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । हामी देश छाडेर परदेशमा गएका छौं । आइन्दा यस्तो काम नगर्नुहोला,’ गायक सपुतले ती व्यक्तिलाई माफी दिंदै भनेका छन्, ‘तपाईंले गर्दा मेरो मोरल डाउन भएको छ । तपाईंको लाइफलाई तलमाथि हुन नदिन पनि माफी दिएको हुँ ।’

ती युवकले पनि आफूलाई कसैले बोतल प्रहारका लागि नउक्साएको प्रष्टीकरण दिएका छन् । ‘रमाइलो गर्दागर्दै यस्तो भयो,’ ती युवकले गायक सपुत र आयोजक नरेश गिरीको सामन्नु भनेका छन् । सोही भिडियोमा सपुतले ती युवकलाई मादक पदार्थ सेवन नगर्न सल्लाह समेत दिएका छन् । ‘आफूले पत्तो नपाउने गरी पिउने काम नगर्नुहोला,’ सपुतको सल्लाह थियो ।

गायक सपुतको आग्रहअनुसार आयोजकले ती नेपाली युवकविरुद्धको प्रहरी उजुरी फिर्ता लिने भएको छ । साथै उनलाई नेपाल डिपोर्ट नगर्ने समेत जनाइएको छ । उक्त भिडियोमा आयोजक गिरीले प्रहरी र अध्यागमनमा दिएको उजुरी फिर्ता लिने बताएका छन् । ‘प्रकाशजीको आग्रहअनुसार प्रहरी र अध्यागमनमा दर्ता गरेको केस फिर्ता लिंदैछौं,’ गिरीले भने ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here