33 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 251

संसदमा बजेट पास गर्न पहिलो पटक मतदान, बहुमतले पारित

0

प्रतिनिधिसभामा बजेट पास गर्न पहिलो पटक मतदान भएको छ ।

बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक मतदानको प्रकृयाबाट पारित गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको छ ।’

बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न घलेम्दी हाइड्रोपावरले पायो अनुमती – विद्युत नियमन आयोगको सहमती

0

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले कम्पनीले १ः२ को अनुपातमा २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगले कम्पनीलाई अनुमति दिएको हो ।

हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रहेको छ भने २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड पुग्ने अनुमान गरिएको छ ।

ललिता निवासको २९ रोपनी जग्गा मिनबहादुर गुरुङको नाममा फेला

0

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा फेला परेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

गुरुङले ललिता निवासको जग्गा आफू र आफ्ना परिवारको नाममा राखेको भेटिएको सिआइबीले जानकारी दिएको छ । उक्त अनुसन्धानले गुरुङ र उनको परिवार साथै भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लिको नाममा २९ रोपनी १५ आना ३ पैसा जग्गा राखेको भेटिएको हो ।

सीआइबीले गुरुङलाई ललिता निवास प्रकरणमा मंगलबार पक्राउ गरेका थिए । उनी सहित थप चार जना पक्राउ परेका हुन् । उनीहरुलाई हिरासतमै राखी प्रहरीले अनुसन्धान गर्नेछ ।

तुफान आइसकेको छैन, आउन चाहिं सक्छ : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटबारे भएको छलफलमा प्रधानमन्त्रीले जवाफ दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले विकासको तुफान आइसक्यो भने जसरी प्रस्तुत भएको विषयमा प्रश्न गरेका छन् ।

जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव छैन भन्न मात्र खोजेको बताए ।

आफूले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका निम्ति अपील गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी सुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिं सक्छ छिट्टै ।’

३५ अङ्कले घट्यो नेप्से अब के होला , नेप्से प्राबिधिक विश्लेषण

आज साताको चौथो दिन बुधवार सेयर बजार ३५.३७ अङ्कले घटेको छ । आज १.६२ प्रतिसतले घटेर २१५० को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ५ अर्ब ९७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज ३६ कम्पनिको मुल्य बढेको छ भने १८८ कम्पनिको मुल्य घटेको छ । त्यस्तै १ कम्पनिको मुल्य घटबढ भएको छैन ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको माथिल्लो रेखालाई छोएर बजार तलतर्फ फर्किन खोजेको देख्न सकिन्छ । सामान्यतया यदी बजारले माथिल्लो रेखालाई रेसिस्टेन्स बनाउछ भने कम्तिमा मध्य बिन्दु सम्म जान सक्छ।

मएसिडिले बाइ सिग्नल कायम छ । बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।हिस्टोग्रामहरु छोटा हुन थालेको छ जसले सतर्क हुनुपर्ने सङ्केत गर्छ ।

आरएसआइ ७० को बिन्दुमा छ । बजार ७८को बिन्दुसम्म पुगेर फेरी फर्केर ७०को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

फिबोनेसी रेसियो अनुसार अब बजार घटेमा पहिलो सपोर्ट २११३ दोश्रो सपोर्ट २०५७ तेश्रो सपोर्ट २०११ चौथो सपोर्ट १९६६

इलियट वेभ अनुसार बजारले इम्पल्सिभको चौथो वेभको करेक्सन सक्काएर पाचौ वेभ चलिरहेको अवस्था रहेकोमा आजबाट बजार झर्न थालेकोले यदी भोलीबाट पनि तल तर्फ नै झरेमा ५ सक्काएर करेक्सन तर्फ लागेको बुझ्न सकिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

३५ अङ्कले घट्यो नेप्से ,२२०४ पुगेर २१५० मा झर्यो बजार

0

आज साताको चौथो दिन बुधवार सेयर बजार ३५.३७ अङ्कले घटेको छ । आज १.६२ प्रतिसतले घटेर २१५० को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ५ अर्ब ९७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज ३६ कम्पनिको मुल्य बढेको छ भने १८८ कम्पनिको मुल्य घटेको छ । त्यस्तै १ कम्पनिको मुल्य घटबढ भएको छैन ।

आज सर्बाधिक कमाउनेमा हिमालयन लाइफ इन्सुरेन्स, बिपीडब्लु लघुबित्त, सिटी होटेल ,सामुदायिक लघुबित्त ,शुभम पावर लगायतका कम्पनीहरु रहेका छन ।


त्यस्तै आज सर्बाधीक गुमाउनेहरुमा इन्वा हाइड्रोपावर,खप्तड लघुबित्त, तारागाउ होटेल, ग्लोबल आइएमई लघुबित्त लगायतका कम्पनीहरु छन ।

आज हिमालयन लाइफ इन्सुरेन्स, सोल्टी होटल,शिभम सिमेन्ट , आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स, एसियन लाइफ इन्सुरेन्स कम्पनी लगायततका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन् । साथै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने बताए ।

प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको उनले बताए ।

हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए ।

यसले कानुनको मात्र होइन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उनले बताए । ‘उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’

यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।’

वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने उनले बताए ।

प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्न : ललिता निवास प्रकरणमा ठूला माछा कहिले समातिन्छन् ?

0

सांसदहरुले ललिता निवास जग्गा प्रकरणको फाइल ढिलै भएपनि खोलेकामा सरकारको प्रशंसा गरेका छन् । तर, यो प्रकरणमा जोडिएका उच्च पदस्थ व्यक्ति सबैमाथि अनुसन्धान हुनेमा उनीहरुले आशंका गरेका छन् ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले ललिता निवास प्रकरणमा जग्गा फिर्ता गरेको आधारमा कारबाहीबाट उन्मुक्ति पाउन नहुने बताए । ‘आठ आना जग्गा, जग्गै घुस खाने । पैसा हैन जग्गै घुस खाने र जग्गा फिर्ता दिएर उन्मुक्ति पाउने कि नपाउने ? यो विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गाराउन चाहन्छु’ उनले भने ।

कांग्रेसकै सांसद रामहरि खतिवडाले पनि ललिता निवास प्रकरणमा नाम जोडिएका उच्च पदस्थ र राजनीतिक व्यक्तिमाथि अनुसन्धान हुनेमा आशंका गरेका छन् ।

‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला, चार आना, आठ आना, ३२ आनाका माछाहरु पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । साना भुरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस्’ सांसद खतिवडाले भनेका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि ललिता निवास प्रकरणको उचित छानबिन गरेर निष्कर्षमा पु¥याउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

चालु आवको भुक्तानी २४ असारसम्म सक्न महालेखाको निर्देशन

0

 महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ । यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि भने निकासा दिन सकिने प्रावधान छ । सो निकासाबाहेक नियमित निकासा र भुक्तानी सक्न महालेखाले मातहतका कार्यालयलाई निर्देशन दिएको हो । यो नियम स्थानीय तह र प्रदेशको हकमा समेत लागु हुने छ ।

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

0

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि चौधरीले जानकारी दिए।

बजेटमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पाएकाले पक्षमा मतदान गर्ने निर्णय गरिएको सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।

‘आज बिहान पनि प्रधानमन्त्रीसँग कुराकानी भयो। बजेटका कमीकमजोरी सुधार गर्ने आश्वासन पनि पायौं। आगामी दिनमा बजेट निर्माणको प्रणालीमै सुधार गरेर जाने प्रतिबद्धता पनि व्यक्त गरेको हुनाले हामीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्‍यौं,’ पाण्डेले भने।