15.6 C
Nepal
Saturday, October 26, 2024

ललिता निवासको २९ रोपनी जग्गा मिनबहादुर गुरुङको नाममा फेला

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा फेला परेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

गुरुङले ललिता निवासको जग्गा आफू र आफ्ना परिवारको नाममा राखेको भेटिएको सिआइबीले जानकारी दिएको छ । उक्त अनुसन्धानले गुरुङ र उनको परिवार साथै भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लिको नाममा २९ रोपनी १५ आना ३ पैसा जग्गा राखेको भेटिएको हो ।

सीआइबीले गुरुङलाई ललिता निवास प्रकरणमा मंगलबार पक्राउ गरेका थिए । उनी सहित थप चार जना पक्राउ परेका हुन् । उनीहरुलाई हिरासतमै राखी प्रहरीले अनुसन्धान गर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here