15.6 C
Nepal
Saturday, October 26, 2024

प्रधानमन्त्रीलाई सांसदहरुको प्रश्न : ललिता निवास प्रकरणमा ठूला माछा कहिले समातिन्छन् ?

सांसदहरुले ललिता निवास जग्गा प्रकरणको फाइल ढिलै भएपनि खोलेकामा सरकारको प्रशंसा गरेका छन् । तर, यो प्रकरणमा जोडिएका उच्च पदस्थ व्यक्ति सबैमाथि अनुसन्धान हुनेमा उनीहरुले आशंका गरेका छन् ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले ललिता निवास प्रकरणमा जग्गा फिर्ता गरेको आधारमा कारबाहीबाट उन्मुक्ति पाउन नहुने बताए । ‘आठ आना जग्गा, जग्गै घुस खाने । पैसा हैन जग्गै घुस खाने र जग्गा फिर्ता दिएर उन्मुक्ति पाउने कि नपाउने ? यो विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गाराउन चाहन्छु’ उनले भने ।

कांग्रेसकै सांसद रामहरि खतिवडाले पनि ललिता निवास प्रकरणमा नाम जोडिएका उच्च पदस्थ र राजनीतिक व्यक्तिमाथि अनुसन्धान हुनेमा आशंका गरेका छन् ।

‘ललिता निवास प्रकरणमा साना माछाहरु ढोक्सामा पर्न लागेको सुनियो । ठूला, चार आना, आठ आना, ३२ आनाका माछाहरु पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । साना भुरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस्’ सांसद खतिवडाले भनेका छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि ललिता निवास प्रकरणको उचित छानबिन गरेर निष्कर्षमा पु¥याउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here