28 C
Nepal
Monday, September 29, 2025

करोडको लगानिमा ८६ हजार नेट कमाइ गर्ने, पचास पैसा ईपीयसको कम्पनीमा फसाईएको भन्दै घोरही सिमेन्टमा रोकिएको पैसा फिर्ता गर्न माग

spot_imgspot_imgspot_img

अहिले घोरही सिमेन्टमा लगानिकर्ताको पैसा अड्किएको छ । बुक बिल्डिङ मार्फत १०० मा ३३५ प्रिमियम थपेर ४३५ मा आइपिओ निकालेको घोराही सिमेन्टमा फर्जी आबेदन परेको भन्दै आइपिओ स्थगित भएपछी लगानिकर्ताको पैसा बैंकमा रोकिएको छ ।

१४ जना जतिले १० लाखका दरले पैसा नभएको खाताबाट आइपिओमा आबेदन दिई उच्च माग रहेको जस्तो देखाएर लगानिकर्ता झुक्काईएको आरोप छ ।

घोराही सिमेन्ट कम्पनिले एक करोडको लगानिमा ८६ हजार नेट कमाइ गर्ने पाइएको छ । कम्पनीको प्रतिसेयर आम्दनी पचास पैसा छ । यस्तो कम्पनिमा फसाईएको भन्दै लगानिकर्ताले रोकिएको पैसा फिर्ता मागेका छन ।

रेटिङ प्रकृया पनि स्वार्थ बाझिने गरी गरिएको जसको लगानिको घोराही सिमेन्ट कम्पनी , उसकै रेटिङ एजेन्सीबाट रेटिङ गराएर रेटिङ नियमावलीको पनि खिल्ली उडाईएको भन्दै चर्को आलोचना भईरहेको छ ।

१४ अर्ब भन्दा बढी ॠण भएको र कमाइ एकदमै न्युन भएको कम्पनीलाई प्रिमियममा आइपिओ जारी गर्न दिएर जनतालाई फसाउन खोजिएको भन्दै लगानिकर्ताहरु आफ्नो रोकिएको रकम चाडो फिर्ता हुनुपर्ने माग गरिरहेको छन।

श्रोतका अनुसार पचास प्रतिसत भन्दा बढी फर्जी आबेदन रहेको अनुमान गरीईएको छ ।


एक लगानिकर्ताका भन्छन -अब घोराहिको अहिलेको प्रकृया रद्द गरी १०० मा आबेदन दिन पाउने ब्यबस्था गरियोस ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here